News Portal

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

३१ पटक

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको अपरिहार्य निकास भएको दाबी गरेका छन्।

उनले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले मुलुकको गहिरो समस्या समाधान गर्न नसक्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिए।

कार्यक्रममा वक्ताहरूले भाद्र २३ र २४ गते देखिएको नवोदित पुस्ताको विद्रोहलाई सामान्य असन्तुष्टि नभई राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाको अभिव्यक्तिका रूपमा व्याख्या गरे। उक्त विद्रोहका भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अघि नबढे देश पुनः अशान्ति, द्वन्द्व र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उनीहरूको भनाइ थियो।

रविकिरण हमालले वर्तमान संकट समाधानका लागि पुरानै सोच, पुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने उल्लेख गर्दै अब नयाँ राजनीतिक समझदारी, समावेशी संरचना र जनआकांक्षाअनुकूल संविधान आवश्यक भएको धारणा व्यक्त गरे।

 

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...