News Portal

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

२४३ पटक

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने निर्णय गरेका छन्।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार लामिछाने बिहान ७:५५ बजेदेखि भैरहवाका लागि उडानको प्रतीक्षामा थिए। तर मौसम प्रतिकूल रहेकाले सो उडान सम्भव नभएपछि वैकल्पिक रूपमा भरतपुरसम्म हवाई यात्रा तय गरिएको हो।

यसअघि उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा कार्यान्वयन हुन बाँकी रहेकाले त्यससम्बन्धी प्रक्रिया पूरा गर्न उनी भैरहवातर्फ जाँदै छन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...