News Portal

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

१९१ पटक

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीको कुनै पनि जिम्मेवारीबाट निलम्बन गरेका छन्। प्रहरीले तामाङलाई बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर गर्दै पक्राउ गरेपछि पार्टीले यस्तो कदम उठाएको हो।

अध्यक्ष साम्पाङका अनुसार अनुसन्धानमा अवरोध नपरोस् भन्ने उद्देश्यले तामाङलाई निलम्बन गरिएको हो। अनुसन्धान सम्पन्न नभएसम्म तामाङ कुनै राजनीतिक गतिविधि गर्न नपाउने पनि उनले स्पष्ट पारे।

प्रहरीले तामाङमाथि २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा भएको बम विस्फोटको आरोप लगाएको छ। सो घटनामा ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। तामाङ पाँचथरमा एक बालिकाको ज्यान जानेगरी भएको बम विस्फोट घटनासँग पनि जोडिएका थिए।

विगतमा पक्राउ परेर जेल चलान भएका तामाङलाई २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएको थियो।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...