News Portal

दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

२७४ पटक

काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र सकिने भएको छ। वर्षौंदेखि अलपत्र परेको पुलका कारण यात्रीले भोगिरहेको समस्या बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार स्थलमै पुगेर निर्माण अवस्थाको समीक्षा गरे।

निरीक्षणका क्रममा उनले पुल नजिकै रहेको ११ केभी विद्युत् लाइनले काममा कुनै बाधा नपर्ने स्पष्ट गर्दै अब काम रोकिने ठाउँ नरहेको बताए। पुल निर्माणका जिम्मेवार महादेव खिम्ती–हिराचन उपक्रम (जेभी)का प्रतिनिधि रवि सिंहले पनि पछिल्लो म्यादभित्रै पुल भौतिकरूपमा तयार पारेर विभागलाई बुझाउने प्रतिबद्धता जनाए।

२०७५ असारमा १७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको चार लेनको ९० मिटर कंक्रिट पुल हाल ८५ प्रतिशत प्रगति अवस्थामा छ।

यसैबीच, हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत–कलैया–मटिरवा सडकले स्थानीयलाई झनै दुःख दिएको छ। मन्त्री घिसिङ उक्त सडक निरीक्षणका लागि कलैया पुगेका बेला स्थानीयबासिन्दाले सदरमुकाममै सडक बिग्रिएको कारण दिनदिनै सास्ती भोगिरहेको गुनासो सुनाए।

करिब चार किलोमिटर सडक स्तरोन्नतिको ठेक्का २०७८ पुसमा २२ करोड ३१ लाखमा सम्झौता भएको हो। २०७९ माघभित्र काम सक्नुपर्ने भए पनि अहिले भौतिक प्रगति २० प्रतिशतमै अड्किएको छ। कमजोर कार्यसम्पादनका कारण सरकारले गत असोजमा ठेकेदारलाई सार्वजनिक स्पष्टीकरणसमेत मागेको थियो, तर अझै पनि कामले गति लिन नसकेको स्थानीयको तर्क छ।

मन्त्री घिसिङले समस्या समाधान गरी सडक निर्माणलाई अघि बढाउने आश्वासन दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...