News Portal

युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

१७३ पटक

काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा सर्ने संकेत दिएको टिप्पणी गरेका छन्। राष्ट्रिय युवा परिषद्को सामाजिक जवाफदेहिता, मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले युवाको बढ्दो सक्रियतालाई रोक्ने अवस्था कुनै दलसँग नरहेको बताए।

उनका अनुसार समावेशिताबाट मात्रै देशको राजनीतिक ढाँचा सुदृढ हुन सक्छ। त्यसका लागि ३३ प्रतिशत महिला सहभागिता र युवाको अनिवार्य उपस्थिति पहिलो शर्त भएको उनको भनाइ थियो। उनले राजनीतिक दलहरूले अझै नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न हिच्किचाइरहेको भन्दै पुरानै नेताहरू पदमा च्यापिएका उदाहरणहरू प्रशस्तै देखिने बताए।

मन्त्री खरेलले अहिलेको परिस्थितिमा युवालाई नेतृत्व दिने विषय मन लागेर नभई बाध्यताले आउन लागेको पनि स्पष्ट पारे। “दिन्छु–दिन्छु भनेर नेताहरूले सहजै मानेजस्तो देखिए पनि वास्तविकता फरक छ। समयले नै अब नयाँ पुस्तालाई अगाडि ल्याउन थिचिरहेको छ,” उनले भने।

उनका अनुसार आगामी वर्षहरूमा दलभित्र र नयाँ राजनीतिक समूहहरूमा युवाको प्रभाव झन् बढ्दै जानेछ र यसलाई रोक्ने कुनै पनि प्रयास सफल हुन सक्ने छैन।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...