
काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। यसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र ६० प्रतिशत संस्थापकको रहेको छ।
मंगलबार भएको सूचीकृत सम्झौतापछि आईपीओमा भाग लिएका लगानीकर्ताका सेयरहरू डिम्याट खातामा भइसकेका छन्। कम्पनीको कोड एसवाईपीएनएल राखिएको छ।
कम्पनीको पहिलो कारोबार बुधबारदेखि सुरु हुनेछ। पहिलो कारोबारका लागि सेयर मूल्य रू १०६.६१ देखि ३१९.८३ तोकिएको छ। कारोबारको पहिलो दिनमा सेयर मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था रहेको छ।
एसवाई प्यानलको शेयर आरटीएस सेवा प्रभु क्यापिटलमार्फत बजारमा कारोबार हुने छ।