News Portal

ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

२२३ पटक

ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का प्रणालीको असंवेदनशील व्यवस्थापनले देशको विकास र रोजगारीमा नकारात्मक असर पुर्याएको बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी संवादमा मन्त्री घिसिङले भने, “ठेक्का लिएर समयमै काम नगर्दा देश र जनतालाई ठुलो घाटा पुगेको छ। विकास निर्माणमा ढिलाइले अर्थतन्त्र र रोजगारीमा समेत असर गर्छ।”

उनले ठेक्का सम्पन्न भएपछि भुक्तानी ढिलाइ गर्ने र निर्णय नगर्ने व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा बढी ठेकेदार सम्मेलनको आवश्यकता रहेको धारणा राखेका छन्।

संवादको सुरुआतमा पूर्वाधार विशेषज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीतिहरू र त्यसको प्रभावबारे प्रस्तुति दिएका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...