News Portal

नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

३४६ पटक

काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल कलेजहरूलाई नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी दरभन्दा कम नदिन निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सबै स्वास्थ्य संस्थालाई नर्स र स्वास्थ्यकर्मीको न्यूनतम तलब तथा सुविधा सरकारी सरह लागू गर्न पत्राचार गरिएको छ। उनले भने, “यसअघि पनि निर्देशन दिइएको थियो तर कार्यान्वयन नभएको गुनासो आएपछि फेरि पत्र पठाइएको हो।”

हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सरकारले तोकेको पारिश्रमिक माग गर्दै आन्दोलन गरिरहेका छन्।

मन्त्रालयले तोकिएको कार्यसमयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। साथै, करार प्रणाली बाहेक ज्यालादारीमा काम गराउन नपाइने, सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नहुने र तलब बैङ्किङ प्रणालीमार्फत मात्र वितरण गर्नुपर्ने पनि भनिएको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...