News Portal

आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

३२७ पटक

रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी दुई वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगले पीडित छिन्। अभावका कारण सानो बालिका रोगले ग्रसित शरीर लिएर बस्न बाध्य भएकी छिन्।

पाण्डे ऋषिदेवका अनुसार उनी चार सदस्यीय परिवार — श्रीमती र दुई छोरीसहित — लाई ज्यालामजदुरी गरेर पालिरहेका छन्। तर, कान्छी छोरीको उपचारका लागि आवश्यक आर्थिक स्रोत नभएकाले दुई महिनादेखि छोरीको उपचार गराउन सकिरहेका छैनन्।

असार ९ गते प्रमिलालाई कानेपोखरी अस्पताल लगिएको थियो, तर उपचार सम्भव नभएपछि डाक्टरले रंगेली अस्पतालमा लैजान सुझाव दिएका थिए। पाण्डे ऋषिदेव भन्छन्, “मसँग न उपचार गर्न पैसा छ, न त बस्नका लागि राम्रो घर नै छ। घरमै काम गरेर परिवार पाल्नुपर्छ, यस्तोमा छोरीको उपचार कसरी गरौं? मलाई अहिले भयानक बज्रपात परेझैँ भएको छ।”

उनका अनुसार प्रमिलाले अहिले केही मात्रामा पानी र तरकारी मात्र खान सक्छे, अरु कुनै खानेकुरा खान सक्दिन। घरको अवस्था झनै दयनीय छ — ओछ्यानका लागि एउटा बोरा र केही कपडामात्र छन्। एउटा खाट पनि छैन। गर्मीको समयमा सर्पको डरले रातभरि सुत्न नपाएर परिवारको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

स्थलगत रिपोर्टिङका क्रममा हाम्रो टोलीले देखेअनुसार उक्त परिवार दुई छाक खानसमेत कठिनाइमा छन्। अहिले प्रमिलाको निशुल्क उपचारका लागि रंगेली अस्पतालमा पहल भइरहेको छ। तर, औषधि खरिद तथा अन्य अस्पतालमा रेफर गर्नु परे थप आर्थिक सहयोगको खाँचो पर्ने देखिन्छ।

जोसुकैको पनि सानो सहयोगले सानी प्रमिलाको जीवन बच्न सक्छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...