News Portal

आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

३६६ पटक

रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी दुई वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगले पीडित छिन्। अभावका कारण सानो बालिका रोगले ग्रसित शरीर लिएर बस्न बाध्य भएकी छिन्।

पाण्डे ऋषिदेवका अनुसार उनी चार सदस्यीय परिवार — श्रीमती र दुई छोरीसहित — लाई ज्यालामजदुरी गरेर पालिरहेका छन्। तर, कान्छी छोरीको उपचारका लागि आवश्यक आर्थिक स्रोत नभएकाले दुई महिनादेखि छोरीको उपचार गराउन सकिरहेका छैनन्।

असार ९ गते प्रमिलालाई कानेपोखरी अस्पताल लगिएको थियो, तर उपचार सम्भव नभएपछि डाक्टरले रंगेली अस्पतालमा लैजान सुझाव दिएका थिए। पाण्डे ऋषिदेव भन्छन्, “मसँग न उपचार गर्न पैसा छ, न त बस्नका लागि राम्रो घर नै छ। घरमै काम गरेर परिवार पाल्नुपर्छ, यस्तोमा छोरीको उपचार कसरी गरौं? मलाई अहिले भयानक बज्रपात परेझैँ भएको छ।”

उनका अनुसार प्रमिलाले अहिले केही मात्रामा पानी र तरकारी मात्र खान सक्छे, अरु कुनै खानेकुरा खान सक्दिन। घरको अवस्था झनै दयनीय छ — ओछ्यानका लागि एउटा बोरा र केही कपडामात्र छन्। एउटा खाट पनि छैन। गर्मीको समयमा सर्पको डरले रातभरि सुत्न नपाएर परिवारको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

स्थलगत रिपोर्टिङका क्रममा हाम्रो टोलीले देखेअनुसार उक्त परिवार दुई छाक खानसमेत कठिनाइमा छन्। अहिले प्रमिलाको निशुल्क उपचारका लागि रंगेली अस्पतालमा पहल भइरहेको छ। तर, औषधि खरिद तथा अन्य अस्पतालमा रेफर गर्नु परे थप आर्थिक सहयोगको खाँचो पर्ने देखिन्छ।

जोसुकैको पनि सानो सहयोगले सानी प्रमिलाको जीवन बच्न सक्छ।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...