News Portal

राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

३१० पटक

काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने निर्णय गरेको छ। बैठकमा उपस्थित भइसकेपछि प्राप्त हुने भत्ता सरकारी राजस्वमा फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपाले यस्तो निर्णय सार्वजनिक गरेको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै असार १ गतेको बैठकमा सहभागी भइए पनि त्यसवापत प्राप्त हुने भत्ता अस्वीकृत गर्ने जानकारी गराएका छन्। पत्रमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको सबैलाई थाहा छ। भिजिट भिसा प्रकरणमा संसदमा अवरोध भइरहेको बेलामा सरकारले जबर्जस्ती बैठक संचालन गर्नु अनुचित ठहर गरी हाम्रो पार्टीले बैठक बहिष्कार गरेको हो। यस्तो अवस्थामा त्यो बैठकको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने निष्कर्षमा पुग्यौं।”

राप्रपाले संसद सचिवालयसँग उक्त दिनको भत्ता राजस्वमा फिर्ता गर्न आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेको छ। प्रमुख सचेतक शाहीद्वारा पठाइएको पत्रमा स्पष्ट उल्लेख छ, “उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसदमा आवाज उठाउँदै आएको छ। यही विषयमा सरकारको उपेक्षापूर्ण रवैयाको विरोधस्वरूप बैठक बहिष्कार गरिएको र त्यसैले भत्ता अस्वीकार गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...