News Portal

गायक रमेशराज भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आउँदै

४१७ पटक

पोर्चुगल, असार २ — पछिल्लो समयका चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराई साङ्गीतिक कार्यक्रमका लागि युरोप आउन लागेका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी युरोप आउने भएका हुन्।

युरोप भ्रमणको क्रममा भट्टराईले पोर्चुगल, स्पेन, फिनल्यान्ड, बेल्जियम, चेक रिपब्लिक लगायतका विभिन्न देशमा आफ्ना सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

पछिल्लो समय स्वदेश तथा विदेशमा बराबरी सक्रिय रहेका भट्टराई पहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आउन लागेका हुन्।

उनको युरोप भ्रमणअन्तर्गत पहिलो सांगीतिक कार्यक्रम फिनल्यान्डमा आगामी जुलाई ५ तारिखमा आयोजना हुने तय भएको छ। अन्य देशहरूमा हुने कार्यक्रमहरूको मिति भने तय हुन बाँकी रहेको आयोजकले जानकारी दिएको छ।

आधुनिक, लोकदोहोरी तथा अन्य बिधाका गीतमा पोख्त रमेशराज भट्टराई स्टेज तताउने भर्सेटाइल गायकमध्ये एक मानिन्छन्। बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबई लगायतका देशहरूमा उनी अघिपनि सफल प्रस्तुति दिइसकेका छन्।

‘बेहुला बनाउछु भन्थी, बहुला बनार गई’, ‘आज पनि पापी सहरमा बबाल भो बबाल भो’, ‘तिमी लास्टै राम्री छ्यौ र पो म फिदा भाको छु’, ‘टन्न पैसा कमाउला भन्थ्यौ, सुखै सुखमा रमाउला भन्थ्यौ’, ‘राजा राजा भन्थी, बाजा बजाएर गई’, ‘होलीमा अरे होलीमा, मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा’, ‘खुट्टा भए जुत्ता छानीछानी पाइन्छ यो बजारमा’ जस्ता थुप्रै लोकप्रिय गीतले गायक भट्टराईलाई थप स्थापित बनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...