News Portal

सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

२३४ पटक

काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरूमाथि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

सहकारी ऐन विपरीत गैरसदस्यलाई ऋण प्रवाह गरी ठूलो परिमाणमा रकम अपचलन गरिएको आरोप उनीहरूमाथि लागेको छ। मुद्दामा सानो पाइला सहकारीले करिब १ अर्ब ३२ करोड रुपैयाँ अपचलन गरेको दाबी गरिएको छ।

यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय पर्सामा मुद्दा दर्ता गरिएको हो। प्रहरीले यसअघि नै १४ वैशाखमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको थियो।

हाल रवि लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन्।

सानो पाइला सहकारीका संरक्षक जीबी राई हुन्। उक्त सहकारीले वीरगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ८, १३, १४, १८ र १९ मा कार्यक्षेत्र राखेर करिब ८ सय सदस्यहरूको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको थियो। तर सहकारीले ती नियमविपरीत वीरगञ्ज बाहिरका व्यक्तिहरूलाई ऋण दिँदै करोडौं रकम अपचलन गरेको आरोप छ।

सहकारीबाट सञ्चालक राईको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको खुलासा भएको छ। बचतकर्ताहरूले अहिले आफ्नो निक्षेप फिर्ता पाउन संघर्ष गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...