News Portal

  • कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

    २२८ पटक

    काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेका छन्। शुक्रबार कुलेश्वरबाट भारतीय नम्बर प्लेट युपी ७८ सिबी ९८३५ भएको गाडी जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

    गाडीभित्र अक्सिजन सिलिण्डर राखिएको देखिएपछि शंका लागि प्रहरीले सिलिण्डर खोलेको थियो। खोल्दा ८ हजार २ सय ९० फायल ट्रामाडोल नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। साथै, उनीहरूबाट ६५ हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ।

    पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...