News Portal

  • प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

    १३२ पटक

    काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि बढाइएको छ। विपक्षीहरूको आग्रहलाई सभामुख देवराज घिमिरेले बेवास्ता गरेपछि संसद् थप अव्यवस्थित बनेको छ।

    संसद्को बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेर नाराबाजी सुरु गर्‍यो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आसनमै उभिएर विरोध जनाए। त्यससँगै नेकपा (एकीकृत समाजवादी) ले पनि बैठक स्थगन गरी सहमतिका लागि पहल गर्न सभामुखलाई अनुरोध गर्‍यो।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखसँग प्रश्न गर्दै भने, ‘सभामुखज्यू, संसद्‌भित्र आन्दोलन भइरहँदा यस्तो तरिकाले संसद् चलाउनु उचित ठहर्छ ?’ उनले नाराबाजीबीच संसद् अघि बढाउनु संसदीय परम्पराको अपमान भएको बताउँदै यसलाई दादागिरीको संज्ञा दिए।

    एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि संसद्‌को मर्यादा कायम राख्न आग्रह गर्दै भने, ‘नाराबाजी भइरहेका बेला हामीले अर्थमन्त्रीज्यूको भनाइ प्रस्टसँग सुन्न सकेका छैनौं। बैठक स्थगित गरेर सहमतिमा पुगौं।’

    तर, विपक्षी दलहरूको बारम्बार आग्रहलाई बेवास्ता गर्दै सभामुख घिमिरेले आकस्मिक समय घोषणा गर्दै बैठक सञ्चालन जारी राखे। उनले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकको सन्देश सुनाए र अर्थमन्त्री विष्णु पौडेललाई आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न प्रस्ताव पेस गर्ने समय दिए।

    यता विपक्षी दलहरूले संसद्‌मा निरन्तर नाराबाजी जारी राखे पनि अन्य दलहरू भने बजेटमाथि धारणा राख्न अघि बढेका छन्। सहमतिबिना जबरजस्ती संसद् अघि बढाइएको भन्दै विपक्षी दलहरू असन्तुष्ट छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...