News Portal

प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

२७५ पटक

काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि बढाइएको छ। विपक्षीहरूको आग्रहलाई सभामुख देवराज घिमिरेले बेवास्ता गरेपछि संसद् थप अव्यवस्थित बनेको छ।

संसद्को बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेर नाराबाजी सुरु गर्‍यो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आसनमै उभिएर विरोध जनाए। त्यससँगै नेकपा (एकीकृत समाजवादी) ले पनि बैठक स्थगन गरी सहमतिका लागि पहल गर्न सभामुखलाई अनुरोध गर्‍यो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखसँग प्रश्न गर्दै भने, ‘सभामुखज्यू, संसद्‌भित्र आन्दोलन भइरहँदा यस्तो तरिकाले संसद् चलाउनु उचित ठहर्छ ?’ उनले नाराबाजीबीच संसद् अघि बढाउनु संसदीय परम्पराको अपमान भएको बताउँदै यसलाई दादागिरीको संज्ञा दिए।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि संसद्‌को मर्यादा कायम राख्न आग्रह गर्दै भने, ‘नाराबाजी भइरहेका बेला हामीले अर्थमन्त्रीज्यूको भनाइ प्रस्टसँग सुन्न सकेका छैनौं। बैठक स्थगित गरेर सहमतिमा पुगौं।’

तर, विपक्षी दलहरूको बारम्बार आग्रहलाई बेवास्ता गर्दै सभामुख घिमिरेले आकस्मिक समय घोषणा गर्दै बैठक सञ्चालन जारी राखे। उनले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकको सन्देश सुनाए र अर्थमन्त्री विष्णु पौडेललाई आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न प्रस्ताव पेस गर्ने समय दिए।

यता विपक्षी दलहरूले संसद्‌मा निरन्तर नाराबाजी जारी राखे पनि अन्य दलहरू भने बजेटमाथि धारणा राख्न अघि बढेका छन्। सहमतिबिना जबरजस्ती संसद् अघि बढाइएको भन्दै विपक्षी दलहरू असन्तुष्ट छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...