News Portal

  • संसद् बहिष्कार गर्दै राप्रपाका सांसद बाहिरिए, विरोध अझै जारी

    १४६ पटक

    काठमाडौं, १ असार — अवरोध र तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाएका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद्‍को कार्यसूची अघि बढाउने निर्णयको विरोधमा बैठक बहिष्कार गरेका हुन्।

    बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेरेर विरोध जनाइरहेका थिए भने राप्रपाका सांसदहरू आफ्नै आसनमा उभिएर आक्रोश प्रकट गरिरहेका थिए। सभामुख देवराज घिमिरेले अवरोधकाबीच कार्यसूची अघि बढाएपछि असन्तुष्ट राप्रपा सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्।

    यही अवरोधकाबीच अहिले संसद्‍मा आकस्मिक समय सञ्चालन भइरहेको छ। अर्थमन्त्री वर्षमान पुन पौडेलले रोष्ट्रमबाट आफ्नो मन्तव्य राखिरहेका बेला एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन्।

    संसद्‍मा पछिल्ला दिनहरूमा प्रतिपक्षी दलहरूको असन्तुष्टि झन् तीव्र बन्दै गएको छ। सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादले संसद्‍को वातावरण नै तनावग्रस्त बनेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...