News Portal

संसद् बहिष्कार गर्दै राप्रपाका सांसद बाहिरिए, विरोध अझै जारी

२७२ पटक

काठमाडौं, १ असार — अवरोध र तनावपूर्ण वातावरणका बीच प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाएका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसद्‍को कार्यसूची अघि बढाउने निर्णयको विरोधमा बैठक बहिष्कार गरेका हुन्।

बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेरेर विरोध जनाइरहेका थिए भने राप्रपाका सांसदहरू आफ्नै आसनमा उभिएर आक्रोश प्रकट गरिरहेका थिए। सभामुख देवराज घिमिरेले अवरोधकाबीच कार्यसूची अघि बढाएपछि असन्तुष्ट राप्रपा सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्।

यही अवरोधकाबीच अहिले संसद्‍मा आकस्मिक समय सञ्चालन भइरहेको छ। अर्थमन्त्री वर्षमान पुन पौडेलले रोष्ट्रमबाट आफ्नो मन्तव्य राखिरहेका बेला एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन्।

संसद्‍मा पछिल्ला दिनहरूमा प्रतिपक्षी दलहरूको असन्तुष्टि झन् तीव्र बन्दै गएको छ। सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादले संसद्‍को वातावरण नै तनावग्रस्त बनेको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...