News Portal

दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि, वैदेशिक रोजगार र प्रभावित स्थानीयलाई प्राथमिकता

३१० पटक

काठमाडौं, असार १ — बाग्लुङको गल्कोटमा जलविद्युत् आयोजना निर्माण गरिरहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई प्राथमिकता दिनेछ।

दरमखोला हाइड्रोले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये ३८ दशमलव ३३ प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्दैछ। यो अन्तर्गत ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिँदैछ।

त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५८ हजार ३९० कित्ता र आयोजना प्रभावित स्थानीयका लागि १० लाख ३० हजार ५ सय कित्ता सेयर छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीयमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र बाग्लुङ जिल्लाका गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नेपाली नागरिक पर्नेछन्।

स्थानीयका लागि आवेदन असार २३ गतेदेखि साउन ६ गतेसम्म खुला रहनेछ। आवेदनका लागि दरमखोला पावरहाउससहित ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा र प्रभु बैंकको गल्कोट शाखालाई आवेदन केन्द्र तोकिएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने असार २३ गतेसम्म ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले बाग्लुङको गल्कोट क्षेत्रमा निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको कुल लागत करिब २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २५ करोड रुपैयाँ पर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...