News Portal

जाजरकोटमा मोटरसाइकल ठक्करबाट वृद्धको निधन

२१९ पटक

सुर्खेत, असार १ — जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। जाजरकोट नलगाड नगरपालिका–७ चामेखेतमा आज बिहान भएको दुर्घटनामा रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो।

कालीमाटीबाट आठबीसकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश नम्बर ०२००१प ६५५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। मोटरसाइकल बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएका थिए।

गम्भीर घाइते भएका विकलाई उपचारका लागि चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायाले जानकारी दिए।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...