News Portal

भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

२७२ पटक

काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग देखिएको हो।

संसद् अवरोध गर्ने क्रममा रास्वपाले लगातार भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठाउँदै आएको छ। नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सुरुमा रास्वपालाई समर्थन गरे पनि अन्ततः सत्ता गठबन्धनसँग सहमत भएपछि रास्वपा मात्रै उक्त माग लिएर अघि बढिरहेको छ।

पार्टी स्रोतका अनुसार केही समयभित्रै रास्वपाले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। “उच्चस्तरीय छानबिन समिति गठनबिना हामी अघि बढ्दैनौं,” रास्वपाका एक नेताले हिमाली सञ्चारसँग भने, “यो विषय सामान्य होइन, त्यसैले गम्भीर छानबिन आवश्यक छ।”

यसअघि माओवादी र समाजवादी दुवैले गृहमन्त्रीको राजीनामासहित छानबिनको माग गर्दै आएका थिए। तर पछिल्लो अवस्थामा एमाले, कांग्रेस र माओवादीले दुई बुँदे सहमति तयार गरेसँगै उनीहरू सत्ता पक्षसँग उभिएका छन्।

तर, रास्वपाले भने अहिले पनि आफ्नो अडान नछाड्ने स्पष्ट संकेत दिएको छ। संसद् अवरुद्ध भइरहँदा रास्वपाले संसद खुलाउन उच्चस्तरीय छानबिन समितिको माग पूरा गर्नुपर्ने अडान पुनः दोहोर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...