News Portal

रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

४३५ पटक

काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि अदालतमा उपस्थित नभएपछि पुनः पक्राउ प्रक्रिया अघि बढाइएको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आजै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने तयारी गरिएको छ।

गत चैत १५ गते राजधानीको तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बनाएको आरोपमा मिश्र र राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर पछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।

उक्त प्रकरणमा बिहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि थुनछेक बहस हुन नसक्दा अझै कुनै अन्तिम आदेश आएको छैन। अनुसन्धान प्रक्रियाका लागि बयानमा उपस्थित नभएपछि उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मिश्र र राणालाई प्रहरीले अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...