News Portal

लुथरनद्वारा मानव अधिकार रक्षककाे विषयमा २ दिने तालिम सम्पन्न

३४९ पटक

रबिन्द्र बराल/मोरङ, जेठ ३० – यौन तथा लैंगिकता आधारित हिंसा, मानव अधिकार, यौन शोषण तथा दुर्व्यवहारबाट संरक्षण विषयमा दुई दिने तालिम सम्पन्न भएको छ। गैरसरकारी संस्था लुथरन सामुदायिक कल्याण समाजले पथरीशनिश्चरेमा आयोजना गरेको उक्त तालिममा झापा र मोरङका गरी २८ जना स्थानीय मानव अधिकार रक्षक, सामाजिक कार्यकर्ता तथा वडा जनप्रतिनिधिहरूको सहभागिता थियो।

तालिममा संस्थाका सुमन राईले विशेषगरी लिंग र लैंगिकता, लैंगिक समानता र समता, यौन तथा लैंगिक हिंसाको कारण तथा असरहरू, मानव अधिकारसम्बन्धी आधारभूत अवधारणा, लैंगिक हिंसा सम्बन्धी कानुनी व्यवस्था, पीडितहरूको समस्या पहिचान तथा सहयोग, हिंसाजन्य घटनाको सिफारिस संयन्त्र तथा कार्यपद्धतिका विषयमा सहभागीहरूलाई ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएका थिए।

सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशमा मनोसामाजिक परामर्शकर्ताका रूपमा कार्यरत तोया देवी लिम्बूले दुई दिने तालिमको सहजीकरण गरेकी थिइन्। संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनका अनुसार एलटुजी परियोजनाअन्तर्गत ईएलसीए तथा एलडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...