News Portal

लुथरनद्वारा मानव अधिकार रक्षककाे विषयमा २ दिने तालिम सम्पन्न

४३५ पटक

रबिन्द्र बराल/मोरङ, जेठ ३० – यौन तथा लैंगिकता आधारित हिंसा, मानव अधिकार, यौन शोषण तथा दुर्व्यवहारबाट संरक्षण विषयमा दुई दिने तालिम सम्पन्न भएको छ। गैरसरकारी संस्था लुथरन सामुदायिक कल्याण समाजले पथरीशनिश्चरेमा आयोजना गरेको उक्त तालिममा झापा र मोरङका गरी २८ जना स्थानीय मानव अधिकार रक्षक, सामाजिक कार्यकर्ता तथा वडा जनप्रतिनिधिहरूको सहभागिता थियो।

तालिममा संस्थाका सुमन राईले विशेषगरी लिंग र लैंगिकता, लैंगिक समानता र समता, यौन तथा लैंगिक हिंसाको कारण तथा असरहरू, मानव अधिकारसम्बन्धी आधारभूत अवधारणा, लैंगिक हिंसा सम्बन्धी कानुनी व्यवस्था, पीडितहरूको समस्या पहिचान तथा सहयोग, हिंसाजन्य घटनाको सिफारिस संयन्त्र तथा कार्यपद्धतिका विषयमा सहभागीहरूलाई ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएका थिए।

सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशमा मनोसामाजिक परामर्शकर्ताका रूपमा कार्यरत तोया देवी लिम्बूले दुई दिने तालिमको सहजीकरण गरेकी थिइन्। संस्थाका कार्यक्रम संयोजक जोयल सोरेनका अनुसार एलटुजी परियोजनाअन्तर्गत ईएलसीए तथा एलडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न गरिएको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...