News Portal

रामेछापमा सालोको हत्या आरोपमा भिनाजु पक्राउ

३७६ पटक

रामेछाप, जेठ २९ – रामेछाप नगरपालिका–४, हिमगंगामा पारिवारिक विवादकै कारण सालोको ज्यान लिएको आरोपमा एक जना भिनाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली रहेका छन्।

प्रहरीका अनुसार जेठ २७ गते घरायसी विवाद चुलिँदै जाँदा विनोदकुमारले आफ्नै सालो २९ वर्षीय लवकुमार थापा मगरमाथि धारिलो हतियारले घाँटीमा आक्रमण गरेका थिए। घटनास्थलमै गम्भीर घाइते भएका लवकुमारको ज्यान गएको थियो।

घटनापछि आरोपीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धान अनुसार विगतदेखि नै पारिवारिक मनमुटाव चल्दै आएको र त्यसैले गर्दा घटना भएको प्रहरीको भनाइ छ।

हत्या आरोपमा पक्राउ परेका विनोदकुमारमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले रामेछाप जिल्ला अदालतबाट १० दिनको म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...