News Portal

५७ वर्ष पुरानो निशानथानमा रहेको विद्यालय मर्ज हुँदा बेवारिसे अवस्थामा

३१७ पटक

रविन्द्र बराल/मोरङ, जेठ २९ – मोरङको रंगेली नगरपालिका–३ स्थित निशानथानमा २०२५ सालमा स्थापना भएको सरस्वती नि. मा विद्यालय दुई वर्षदेखि बन्द भएको छ। नेपाल सरकारले केही वर्ष अघि न्यून छात्र संख्या भएका सरकारी विद्यालयहरूलाई मर्ज गर्ने नीति ल्याएपछि रंगेलीका दुई विद्यालयहरू मर्ज भए, र त्यसयता ती विद्यालयहरू सुनसान र बेवारिसे अवस्थामा रहेका छन्।

स्थानीय नवराज थापाका अनुसार, सुरुको समयमा सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव हुँदा चौरमै पढाइ चलाइन्थ्यो। दुई वर्षअघि उक्त विद्यालयमा नियमित रूपमा जम्मा दुई जना मात्र विद्यार्थी आउने गरेको हुँदा नगरपालिकाले उनीहरूलाई रत्न माध्यमिक विद्यालयमा स्थानान्तरण गर्यो। त्यसपछि विद्यालय बन्द भएको शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए।

स्थानीय बासिन्दाहरूका अनुसार, उक्त विद्यालय स्थानीयहरूको पहल, लगानी र मेहनतमा स्थापना गरिएको थियो, जसको उद्देश्य गाउँघरका गरीब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षा दिन सहज बनाउनु थियो। अहिले विद्यालयमा रहेको फर्निचर, शौचालय र कक्षाहरू जिर्ण र वेवारिसे अवस्थामा छन्।

पछिल्लो समय शिक्षकहरूको राजनीतिक झुकाव र गाउँघरमै निजी विद्यालयहरू खुल्न थालेपछि सामुदायिक विद्यालयहरू दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन्। पूर्व उपमेयर केशब कुमारी खरालका अनुसार, रंगेली–३ का स्थानीयहरूले चुनावमा आफूलाई समर्थन नगरेको कारण यस क्षेत्रलाई अपहेलना गरिएको आरोप समेत उनले लगाइन्।

त्यसैगरी रंगेली–३ कै दक्षिण टोलमा रहेको अर्को सार्वजनिक आधारभूत विद्यालय पनि मर्जपछि बेवारिसे अवस्थामा छ। वडा अध्यक्ष भरत प्रसाईंका अनुसार, मर्ज भएका विद्यालयहरू संरक्षण गर्ने र ती स्थानहरूलाई उपयोग गर्ने पहल भइरहेको छ।

स्थानीय तहमा बहुमतसहित जनप्रतिनिधिहरू भए पनि जबसम्म सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू हुँदैन, तबसम्म सामुदायिक विद्यालयहरू क्रमशः कमजोर हुँदै जाने खतरा देखिन्छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...