News Portal

अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

रबिन्द्र बराल
३७२ पटक

मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा संघका अध्यक्ष चेत बहादुर बराल, रंगेलीकी समाजसेवी गायत्री गौतम, स्थानीय अगुवा देव नारायण राजवंशी लगायत रंगेली भित्र छरिएर रहेका बहिरा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजका विभिन्न क्षेत्रहरूबाट अपहेलना हुने गरेको र स्थानीय तहबाट समेत कहिल्यै विभिन्न कार्यक्रममा सहभागी हुन बोलाइएन भन्ने गुनासो गरे। साथै, रंगेलीमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना भएकोले आफूहरू निकै खुशी भएको पनि बताए।

रंगेली नगरपालिका र लुथरन कल्याण समाजको सहयोग तथा प्रगतिशील अपाङ्ग संस्थानको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...