News Portal

  • आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    हिमालीसंचार संवाददाता
    १०२ पटक

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आजको दिन मेष राशि भएका जातकहरूले विशेष संयम र धैर्य अपनाउनु पर्नेछ। बिहानैदेखि मनमा हल्का अशान्ति र चञ्चलता देखिन सक्छ, तर दिनको मध्य भागतिर तपाईंको आत्मबल पुनः जाग्नेछ। घरपरिवारमा स-साना कुरालाई लिएर तर्कवितर्क हुन सक्ने सम्भावना छ, विशेष गरी अभिभावक वा जेष्ठ सदस्यहरूसँग विचार नमिल्न सक्छ। त्यसैले बोल्दा मीठो शब्दको प्रयोग गर्नुहोस्, अहंकारले तपाईंको सम्बन्धलाई बिगार्न सक्छ। आर्थिक पक्षमा केही सुधार आउने संकेत छ। काममा मन लाग्नेछ र विगतमा गरेको प्रयासको परिणाम स्वरूप आर्थिक लाभ प्राप्त हुन सक्छ। नयाँ योजना र योजना कार्यान्वयन गर्ने सोच छ भने सहकर्मी वा घरका सदस्यसँग सल्लाह गरेर अघि बढ्नु उचित हुनेछ। प्रेम जीवनमा केही उतारचढाव आउन सक्छ। पार्टनरसँग ईगो वा सानातिना विषयमा विवाद हुन सक्छ। मनमा भएका कुराहरू खुलस्त राखेर कुरा गर्नुहोस्। साथीभाइहरूसँग टाढिएको सम्बन्ध फेरी मिल्ने योग पनि छ। शारीरिक रूपमा पुराना रोगहरू सताउने जोखिम छ, विशेष गरी टाउको दुख्ने, उच्च रक्तचाप वा तनावसँग सम्बन्धित समस्या देखा पर्न सक्छ। ध्यान र योग अभ्यासले राम्रो सहयोग पुर्याउनेछ। यात्राको सोच छ भने आज तयारी गर्न सक्नुहुन्छ तर यात्रा स्थगित गर्ने हो भने अझ राम्रो हुनेछ। कुल मिलाएर आजको दिन संयमता र धैर्यले नै तपाईंलाई सफलता दिलाउनेछ। (शुभ रङ: रातो, शुभ अंक: ७)

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    वृष राशि भएकाहरूका लागि आजको दिन मिश्रित फल दिने छ। विशेष गरी बिहानको समय अलि दबाबपूर्ण रहनेछ। घरपरिवारमा कुनै पुरानो विषय उठ्न सक्छ जसले केही समय मानसिक रूपमा तपाईंलाई असहज बनाउनेछ। तर, साझँपख वातावरण सहज बन्नेछ। आर्थिक हिसाबले हेर्दा आज खर्च र आम्दानी दुबै हुने संकेत छ। कुनै आवश्यक सामाग्री किन्ने योजना छ भने आजको दिन अनुकूल छ। सानो स्वरूपको लगानीबाट भविष्यमा ठूलो लाभ हुने संकेत पनि देखिन्छ। व्यापार वा व्यवसायमा साथीहरूसँग सल्लाह गरेर अघि बढ्नु राम्रो हुनेछ। प्रेम जीवनमा केही उतारचढाव देखापर्न सक्छ। चाहिँदो समय नदिई पार्टनर गुनासो गर्न सक्छन्। विशेष ध्यान दिनुहोस, किनभने एक अर्काको भावना बुझेर कुरा गरेमा सम्बन्ध अझै मजबुत बन्न सक्छ। स्वास्थ्य पक्ष सामान्य छ तर पुरानो रोगले सताउन सक्ने जोखिम छ। विशेष गरी पाचन प्रणालीसँग सम्बन्धित समस्यामा ध्यान दिनुपर्नेछ। झोलिला र सुपाच्य खाना सेवन गर्नु उचित हुनेछ। पारिवारिक वातावरणमा केही चिसोपन हुन सक्छ तर तपाईंको सूझबूझ र व्यवहारिकताले वातावरणलाई सहज बनाउन सक्नुहुन्छ। आज आफ्नै प्रयास र धैर्यले समस्याहरू समाधान गर्नु पर्नेछ। (शुभ रङ: सेतो, शुभ अंक: ५)

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज मिथुन राशि भएका जातकहरूको लागि विशेष उपलब्धिको दिन बन्ने सम्भावना छ। बिहानैदेखि नै उत्साह र उमंगको अनुभूति हुनेछ। विगतका अधुरा कामहरू पूर्ण हुने संकेत छ र तपाईंसँग सम्पर्कमा रहेका व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। आर्थिक रूपमा हेर्दा आज धन लाभको योग छ। नयाँ आम्दानीको स्रोत खुल्न सक्छ र यदि व्यापार विस्तार गर्ने सोच छ भने आजको दिन योजना बनाउन उत्कृष्ट हुनेछ। वैदेशिक कारोबार वा अध्ययनमा लागेको व्यक्तिहरूका लागि पनि आजको दिन शुभ रहनेछ। प्रेम जीवनमा पनि नयाँ आयाम आउनेछ। लामो समयदेखि मनमा लुकाएर राखेको प्रेम भावना व्यक्त गर्ने हो भने आज उपयुक्त समय हुनेछ। परिवारमा पनि खुसीको वातावरण छाउनेछ। स्वास्थ्य सबल रहनेछ। मनमा सकारात्मक सोच र कार्यमा आत्मविश्वास देखिनेछ। मानसिक तनावबाट छुटकारा मिल्नेछ र मनले चाहेको काममा सफलता प्राप्त हुनेछ। यात्राको अवसर प्राप्त हुने सम्भावना छ। छोटो वा लामो दूरीको यात्रा सफल हुनेछ। पुराना साथीहरूसँग भेटघाट हुने सम्भावना पनि उत्तिकै देखिन्छ। (शुभ रङ: हरियो, शुभ अंक: ३)

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज कर्कट राशिका जातकहरूले विशेष ध्यान पुर्याउनुपर्नेछ। विगतमा गरिएको कुनै गल्ती वा निर्णयको असर आज देखा पर्न सक्छ। त्यसैले नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना कामहरूलाई निपट्याउने प्रयास गर्नु उचित हुनेछ। आर्थिक पक्षमा स्थिरता रहनेछ। न घाटा न फाइदाको स्थिति रहने सम्भावना छ। खर्चमा कटौती गर्ने प्रयास गर्नुहोस्। अचल सम्पत्ति किनबेच गर्ने योजना छ भने केही समय पर्खनु उचित हुनेछ। प्रेम जीवनमा पनि द्विविधा देखिनेछ। आफन्त वा साथीहरूबाट प्रेम सम्बन्धमा हस्तक्षेप हुन सक्छ। भावनात्मक रूपमा कमजोर नबन्नुहोस्, धैर्य राख्नुभयो भने सम्बन्ध मजबुत हुनेछ। स्वास्थ्य पक्षमा अलि संवेदनशील बन्नुपर्नेछ। विशेष गरी छाती वा श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखिन सक्छ। चिसो र धूलोबाट टाढा रहनु राम्रो हुनेछ। पारिवारिक वातावरण सामान्य रहनेछ। धार्मिक वा सामाजिक काममा सहभागिता जनाउने अवसर प्राप्त हुन सक्छ। आत्मबल र धैर्यले मात्र आजको चुनौती पार गर्न सकिनेछ। (शुभ रङ: पहेंलो, शुभ अंक: २)

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सिंह राशि भएकाहरूका लागि आजको दिन आत्मविश्लेषण र आत्मसुधारको दिन बन्नेछ। विगतका केही घटनाहरूले मनमा हल्का निराशा पैदा गरिरहेको हुनसक्छ, तर तपाईंभित्र भएको आत्मबलले ती सबै निराशालाई जित्नेछ। कार्यक्षेत्रमा आफ्ना विचार र योजनाहरूलाई सुनाउनका लागि आज उत्तम दिन हुनेछ। सहकर्मीहरू तपाईंको कुशलता र निर्णय क्षमताबाट प्रभावित हुनेछन्। आर्थिक हिसाबले मध्यम लाभ प्राप्त हुने संकेत देखिन्छ। कुनै नयाँ योजना बनाएर कार्यान्वयन गर्नुभयो भने भविष्यमा राम्रो लाभ हुने देखिन्छ। कर्जा लिने वा दिने विषयमा सावधानी अपनाउनुहोस्। आफूले नबुझेका योजनामा लगानी नगर्नु नै राम्रो हुनेछ। प्रेम सम्बन्धमा नयाँ ऊर्जा आउनेछ। लामो समयदेखि मनमनै राखेको प्रेम प्रस्ताव राख्ने उपयुक्त समय आज नै हो। विवाहित जीवनमा पनि विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्यतर्फ ध्यान दिनुपर्ने देखिन्छ। विशेष गरी रगतसँग सम्बन्धित समस्या देखिन सक्छ, जस्तै रक्तचाप वा रगतको कमी। खानपानमा ध्यान पुर्याउनुहोस् र शारीरिक व्यायामलाई नियमित बनाउनुहोस। आज धार्मिक वा सामाजिक कार्यमा सहभागी भई आत्मिक शान्ति प्राप्त गर्न सकिनेछ। कुल मिलाएर, आजको दिन तपाईंको व्यक्तित्व र प्रभावकारिता उजागर गर्ने दिन हुनेछ। (शुभ रङ: सुन्तला, शुभ अंक: १)

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    कन्या राशि भएकाहरूका लागि आजको दिन योजनाबद्ध रूपमा काम अघि बढाउनुपर्ने छ। अनावश्यक भ्रम र द्विविधा हटाएर स्पष्ट रूपमा लक्ष्य निर्धारण गर्नुहोस्। घरपरिवारमा केही खटपट हुन सक्छ तर तपाईंको सूझबूझ र व्यवहारिकताले परिस्थिति सम्हाल्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आज नयाँ योजना बनाउनुभन्दा पुराना योजनालाई सशक्त बनाउन बढी ध्यान दिनु राम्रो हुनेछ। काममा ध्यान दिन नसक्दा केही हानी हुन सक्ने सम्भावना छ। ऋण वा उधारोको विषयमा विशेष सतर्कता अपनाउनुहोस्। प्रेम जीवनमा केही मनमुटाव हुन सक्छ। पार्टनरसँग सानो कुरामा भ्रम हुन सक्छ, तर खुलेर संवाद गरेमा समस्या समाधान हुनेछ। एक अर्काको भावनालाई सम्मान गर्न सिक्नुपर्नेछ। स्वास्थ्य पक्ष सामान्य छ, तर टाउको दुख्ने, आँखाको समस्या वा मानसिक थकानले सताउन सक्छ। ध्यान र ध्यान केन्द्रित गर्ने अभ्यास गर्दा राम्रो हुनेछ। आजको दिन आफूभित्र रहेको क्षमताको प्रयोग गरेर अघि बढ्नुपर्नेछ। केही समय आफ्ना रुचिहरू र प्रतिभालाई निखार्ने कार्यमा लगाउनु राम्रो हुनेछ। (शुभ रङ: खैरो, शुभ अंक: ४)

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    तुला राशिका जातकहरूले आज नयाँ ऊर्जा र उमंगको अनुभव गर्नेछन्। विगतका कठिनाइहरू बिस्तारै हट्नेछ र तपाईंसँगै काम गर्ने मानिसहरूको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना पनि छ। आर्थिक रूपमा दिन राम्रो रहनेछ। विशेष गरी व्यापार वा व्यवसायमा लागेको व्यक्तिहरूलाई नयाँ अवसर प्राप्त हुन सक्छ। पुरानो रोकिएको रकम फिर्ता हुने योग पनि छ। प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। एकअर्काबीच विश्वास र समझदारी बढ्नेछ। विगतका झगडा वा गलतफहमी मिल्नेछ। विवाहित जीवनमा सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ। स्वास्थ्यमा कुनै ठूलो समस्या देखिन्न। सामान्य सर्दी-खोकी वा अलि पेट सम्बन्धी समस्या देखिए पनि चाँडै निको हुनेछ। मानसिक रूपमा प्रसन्नता रहनेछ। धार्मिक वा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउन सक्नेछ। नयाँ मित्रता र सम्पर्क विस्तार हुने समय पनि हो। कुल मिलाएर, आजको दिन तपाईंलाई सकारात्मक ऊर्जा दिनेछ। (शुभ रङ: गुलाबी, शुभ अंक: ६)

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज वृश्चिक राशि भएकाहरूका लागि मानसिक र भावनात्मक रूपमा अलि चुनौतीपूर्ण दिन बन्न सक्नेछ। बिहानैदेखि केही तनाव र दबाबको अनुभूति हुने छ। पारिवारिक सदस्यहरूसँग केही विवाद वा मनमुटाव हुन सक्ने संकेत देखिन्छ, विशेष गरी आर्थिक विषयमा असमझदारी देखिन सक्छ। आर्थिक हिसाबले पनि केही चुनौतीहरू आउनेछन्। विशेष गरी पुराना ऋण वा आर्थिक दायित्वहरू पुरा गर्न दबाब महसुस हुनेछ। नयाँ लगानी गर्दा होसियार हुनुहोस्, विशेष गरी ठूला निर्णय लिँदा अनुभवी व्यक्तिसँग सल्लाह लिनुहोस्। प्रेम जीवनमा पनि भावनात्मक तनाव आउने संकेत छ। एक अर्काबीच सन्देहको वातावरण बन्न सक्छ, त्यसैले बिनाकारण शंका नगर्नुहोस्। विश्वासको वातावरण बनाउने प्रयास गर्नुहोस्। स्वास्थ्य पक्षमा अलि सतर्क रहनुपर्ने देखिन्छ। विशेष गरी पेट र कलेजो सम्बन्धी समस्यामा ध्यान दिनुहोस्। आजको दिन स्वस्थ खानपान र पर्याप्त आराम अनिवार्य हुनेछ। तर पनि, आज तपाईंसँग आफूभित्र रहेको साहस र धैर्यको प्रयोग गरेर समस्याहरू पार गर्ने शक्ति हुनेछ। विशेष गरी साझँपख परिस्थितिहरू सहज बन्दै जानेछन्। (शुभ रङ: खैरो, शुभ अंक: ८)

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    धनु राशि भएकाहरूका लागि आजको दिन मिश्रित फल दिनेछ। बिहानैदेखि केही मानसिक अशान्ति महसुस हुनेछ। विगतका केही अधुरा कामले आज पनि बोझ थप्नेछ। विशेषगरी घरपरिवारमा साना साना कुरामा विवाद हुने सम्भावना छ, विशेष गरी दाजुभाइ वा आफन्तबीच सम्पत्ति वा पैसासम्बन्धी कुराले तनाव ल्याउन सक्छ। यस्तो अवस्थामा आफैलाई नियन्त्रणमा राख्नुहोस् र विवादबाट टाढा रहनु नै उचित हुनेछ। आर्थिक पक्ष हेर्दा नयाँ आम्दानीको स्रोत अझै स्पष्ट देखिँदैन। तर, कामप्रतिको निरन्तर प्रयासले आगामी दिनहरूमा फलदायी परिणाम ल्याउनेछ। आज भने अनावश्यक खर्चमा विशेष ध्यान दिनुहोस्। कुनै ठूला निर्णय आज लिनु भन्दा केही दिन पर्खनु राम्रो हुनेछ। प्रेम जीवनमा पनि असहजता देखिन सक्छ। पार्टनरको व्यस्तताका कारण केही टाढिएको महसुस हुन सक्छ। गलतफहमी बढ्न सक्ने भएकाले खुलेर कुरा गर्नु आवश्यक छ। विवाहित जीवनमा पनि ससाना कुरामा मनमुटाव आउने संकेत देखिन्छ। स्वास्थ्यको दृष्टिले पेट सम्बन्धी समस्या सताउन सक्छ। विशेष गरी अम्लपित्त, ग्यास्ट्रिक वा अपच जस्ता समस्याले असहज बनाउनेछ। आजको दिन प्रशस्त पानी पिउनुहोस् र तलेको र मसलेदार खानाबाट टाढा रहनुहोस्। धार्मिक कार्य वा पूजापाठमा मन लगाउन सकेमा मानसिक शान्ति प्राप्त हुनेछ। दिनको दोस्रो भागतिर काममा केही सुधार आउनेछ। धैर्य राख्नुहोस्, तपाईंको समय फेरि आउनेछ। (शुभ रङ: पहेँलो, शुभ अंक: ९)

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशि भएकाहरूका लागि आजको दिन कर्मशीलता र योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता छ। बिहानैदेखि कामप्रतिको दृढ इच्छा जागृत हुनेछ र सानो प्रयासले पनि राम्रो उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ। काममा व्यस्त रहनु पर्नेछ तर त्यो व्यस्तता तपाईलाई मनपर्ने खालको हुनेछ। आर्थिक रूपमा आजको दिन सकारात्मक देखिन्छ। रोकिएको रकम फिर्ता हुने वा नयाँ आम्दानीको स्रोत प्राप्त हुने योग छ। व्यापार व्यवसाय गर्नेहरूका लागि पनि आजको दिन राम्रो हुनेछ। भविष्यका लागि योजना बनाउन र सानो स्वरूपमा लगानी सुरु गर्न अनुकूल समय हो। प्रेम जीवन सन्तोषजनक रहनेछ। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूलाई पार्टनरको भरपुर साथ प्राप्त हुनेछ। विवाहित जीवनमा पनि मिठास रहनेछ र जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्य पक्ष पनि सामान्य रहनेछ। शरीरमा ताजगीको अनुभूति हुनेछ। तर, कामको अत्यधिक बोझले थकान महशुस गराउन सक्छ। समय निकालेर थोरै विश्राम गर्नुहोला। पारिवारिक वातावरणमा मिठास रहनेछ। धार्मिक र सामाजिक कार्यमा पनि सहभागी भई आत्मसन्तोष प्राप्त गर्न सक्नुहुन्छ। कुल मिलाएर आजको दिन कर्म र सकारात्मक सोचले तपाईंलाई सफलताको बाटोमा अघि बढाउनेछ। (शुभ रङ: निलो, शुभ अंक: ६)

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज कुम्भ राशि भएका जातकहरूको लागि आत्मविश्वास र जोशले भरिएको दिन हुनेछ। विगतका समस्याहरू बिस्तारै हट्दै जानेछन् र तपाईंकै प्रयास र मेहनतले आजको दिनलाई विशेष बनाउनेछ। कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने आज उत्कृष्ट समय हुनेछ। घरपरिवारमा पनि तपाईंको भूमिका महत्वपूर्ण रहनेछ र सबैले तपाईंको निर्णयको सम्मान गर्नेछन्। आर्थिक हिसाबले हेर्दा आजको दिन उत्तम रहनेछ। नयाँ आम्दानीका स्रोतहरू देखा पर्नेछन् र पहिले देखिएका रुकावटहरू हट्नेछन्। वैदेशिक कारोबार, व्यवसाय वा व्यापारमा पनि सफलता मिल्नेछ। ठूला सौदाबाजी वा लगानीका लागि योजना बनाउन सक्नुहुन्छ। प्रेम जीवनमा पनि नयाँ ऊर्जा प्रवेश गर्नेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउने सम्भावना छ। विवाहित जीवनमा पनि सन्तान वा परिवारका सदस्यबाट खुसीको समाचार प्राप्त हुन सक्छ। स्वास्थ्य पक्षमा पनि सुधार आउनेछ। शरीरमा ताजगी र जोशको अनुभूति हुनेछ। विशेष गरी पुराना रोगहरू बिस्तारै हट्दै जाने संकेत देखिन्छ। मानसिक रूपमा पनि आज हलुका र सकारात्मक महसुस गर्नुहुनेछ। आजको दिन सामाजिक र धार्मिक कार्यमा सहभागी भई सम्मान प्राप्त गर्ने सम्भावना छ। नयाँ सम्पर्कहरू बन्नेछन् र तपाईका कामबाट अरू प्रभावित हुनेछन्। (शुभ रङ: बैजनी, शुभ अंक: २)

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

    मीन राशि भएकाहरूका लागि आजको दिन विशेष उपलब्धिको दिन बन्नेछ। विगतका कठिन प्रयासहरू सफल हुनेछन् र मनले चाहेको काम पूरा हुने संकेत देखिन्छ। विगतका अधुरा कामलाई पूर्णता दिने अवसर प्राप्त हुनेछ। नयाँ साथीभाइ वा सामाजिक सम्बन्ध विस्तार हुने योग छ। आर्थिक पक्ष पनि बलियो देखिन्छ। नयाँ आम्दानीको बाटो खुल्नेछ र केही ठूलो रकम हात पर्न सक्ने सम्भावना छ। व्यापार व्यवसाय गर्नेहरूका लागि विशेष लाभ हुने समय हो। वैदेशिक व्यापार वा वैदेशिक सम्पर्कबाट लाभ प्राप्त हुनेछ। प्रेम जीवनमा सकारात्मकता रहनेछ। लामो समयदेखि मनमनै राखेको प्रेम व्यक्त गर्ने हो भने आज नै उपयुक्त समय हो। विवाहितहरूका लागि पनि परिवारभित्र खुशीयाली छाउनेछ। सन्तान पक्षबाट खुसीको समाचार आउन सक्छ। स्वास्थ्य पनि उत्तम रहनेछ। मानसिक रूपमा उत्साहित रहनेछ र शारीरिक रूपमा सक्रिय रहने समय हो। यदि तपाईं स्वास्थ्य सुधारका लागि केही नयाँ अभ्यास सुरु गर्न चाहनुहुन्छ भने आज उत्तम समय हो। पारिवारिक जीवन सुखद रहनेछ र आफन्त वा परिवारसँग रमाइलो समय बिताउन सकिनेछ। धार्मिक आस्था र सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। कुल मिलाएर आजको दिन तपाईंका लागि भाग्यवर्द्धक र सफलता दिलाउने हुनेछ। (शुभ रङ: हल्का हरियो, शुभ अंक: ५)

    तपाईंको दिन शुभ रहोस्!

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...