News Portal

  • भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    हिमालीसंचार संवाददाता
    १४३ पटक

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव अगाडि सारेको छ। संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न र सहमतिका लागि रास्वपाले यस्तो प्रस्ताव अघि सारेको हो।

    पछिल्लो केही सातायता संसद्‌मा भिजिट भिसासम्बन्धी मुद्दा निकै तातिएको छ। सरकारले भिजिट भिसाको नाममा व्यापक रूपमा अनियमितता भएको भन्दै छानबिनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायत दलहरू लगातार संसद अवरुद्ध गरिरहेका छन्। उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गर्दै सडकदेखि संसदसम्म आक्रोश पोखिरहेका छन्।

    यता, सत्ता पक्ष भने गृहमन्त्रीको राजीनामाको माग अस्वीकार गर्दै समस्या समाधानका लागि संवादको बाटो रोज्नुपर्नेमा जोड दिँदै आएको छ। सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन।

    सोमबार पनि प्रतिनिधिसभा बैठक सुरु हुन नपाउँदै प्रमुख विपक्षी दलहरूको अवरोध कायम रहँदा बैठकलाई आधा घण्टाका लागि स्थगित गरियो। राजनीतिक संवाद र सहमतिबिना संसद्‌को सञ्चालन सहज नहुने स्पष्ट भइसकेको छ।

    अब रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावलाई सत्ता पक्ष र अन्य विपक्षी दलहरूले कसरी लिन्छन् भन्नेमा राजनीतिक वृत्तको चासो बढिरहेको छ। छानबिन समिति गठनको माग सम्बोधन गरेर मात्र संसद् सञ्चालन गर्न सकिने विपक्षीहरूको अडान रहेको छ भने सत्ता पक्ष अझैपनि संवाद र सहमतिमार्फत अघि बढ्न चाहन्छ।

    देशको राजनीतिमा फेरि एक पटक ‘भिजिट भिसा प्रकरण’ एउटा निर्णायक मोडमा आइपुगेको छ। समाधानका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता झन् चर्को हुँदै गएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

    काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ।...

    केपी ओली लामो समयपछि सार्वजनिक, नेता–कार्यकर्तासँग भेटघाट

    काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक...

    सभापतिले मार्गप्रशस्त गर्नुपर्ने माग, नख्खु प्रकरण छानबिनमा चासो

    काठमाडौं, असोज ७ – जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय...

    आज २०८२ साल असोज ७ गतेको राशिफल

    आज असोज ७, २०८२ (सेप्टेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...