News Portal

पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

संगीता गुरुङ
२६८ पटक

पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव रक्ताम्मे अवस्थामा फेला परेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान अघि बढाउँदै केही घण्टामै घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गर्न सफल भएको छ।

मृतक तनहुँ जिल्लाको भीमाद नगरपालिका–५ घर भई पोखरा–१४ स्थित खहरेमा बस्दै आएका २१ वर्षीय मनोज भुजेल रहेको प्रहरी निरीक्षक तेजप्रसाद कँडेलले जानकारी दिए। मृतक भुजेल प्लटिङ क्षेत्रमा मजदुरी गर्दै आएका थिए।

स्थानीय बासिन्दाहरूले बिहान करिब ५ बजेतिर बीच सडकमा रक्ताम्मे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमै एउटा फलामको ठूलो घन पनि फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा भुजेलमाथि सो घन प्रहार गरेर हत्या गरिएको अनुमान गरिएको छ।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्याङ्जा जिल्लाको वालिङ–१० घर भई पोखरामा ट्याक्टर चलाउँदै आएका २० वर्षीय पवनकर राना र उनलाई सघाउने १४ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बिहान करिब ११ बजेतिर छिनेडाँडाबाट पक्राउ गरिएको बताइएको छ। प्रहरीले ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ।

घटनाबारे औपचारिक जानकारी दिन बाँकी भए पनि प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनीहरूले भुजेल आफैँ घनसँगै लडेर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन्। तर घटनास्थलको अवस्था र परिस्थितिले हत्या गरिएको आशंका थप बलियो बनाएको छ।

पोष्टमार्टम रिपोर्ट भने अहिलेसम्म सार्वजनिक भएको छैन। अनुसन्धान अघि बढाइरहेको र सत्य तथ्य छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...