News Portal

  • पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    संगीता गुरुङ
    १६६ पटक

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव रक्ताम्मे अवस्थामा फेला परेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान अघि बढाउँदै केही घण्टामै घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गर्न सफल भएको छ।

    मृतक तनहुँ जिल्लाको भीमाद नगरपालिका–५ घर भई पोखरा–१४ स्थित खहरेमा बस्दै आएका २१ वर्षीय मनोज भुजेल रहेको प्रहरी निरीक्षक तेजप्रसाद कँडेलले जानकारी दिए। मृतक भुजेल प्लटिङ क्षेत्रमा मजदुरी गर्दै आएका थिए।

    स्थानीय बासिन्दाहरूले बिहान करिब ५ बजेतिर बीच सडकमा रक्ताम्मे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमै एउटा फलामको ठूलो घन पनि फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा भुजेलमाथि सो घन प्रहार गरेर हत्या गरिएको अनुमान गरिएको छ।

    उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्याङ्जा जिल्लाको वालिङ–१० घर भई पोखरामा ट्याक्टर चलाउँदै आएका २० वर्षीय पवनकर राना र उनलाई सघाउने १४ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बिहान करिब ११ बजेतिर छिनेडाँडाबाट पक्राउ गरिएको बताइएको छ। प्रहरीले ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ।

    घटनाबारे औपचारिक जानकारी दिन बाँकी भए पनि प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनीहरूले भुजेल आफैँ घनसँगै लडेर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन्। तर घटनास्थलको अवस्था र परिस्थितिले हत्या गरिएको आशंका थप बलियो बनाएको छ।

    पोष्टमार्टम रिपोर्ट भने अहिलेसम्म सार्वजनिक भएको छैन। अनुसन्धान अघि बढाइरहेको र सत्य तथ्य छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...