News Portal

कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

रबिन्द्र बराल
२५१ पटक

मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने “कृष्टलका पोते तथा माला सामग्री बनाउने” तालिम सम्पन्न भएको छ। तालिम जेठ १८ गते सुरु भई २५ गतेसम्म सञ्चालन गरिएको थियो।

रंगेली नगरपालिकाले नगर भित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले पछिल्ला वर्षहरूमा विभिन्न सीपमूलक तालिमहरू आयोजना गर्दै आएको छ। यही सिलसिलामा, आर्थिक रूपमा अति विपन्न वर्गका महिलाहरूलाई गाउँमै सबल र सफल उद्यमी बनाउने हेतुले यो तालिम सञ्चालन गरिएको हो। तालिममा कुल २८ जना महिलाहरू सहभागी थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रशासनिक अधिकृत प्रदीप साह, विशिष्ट अतिथि उप–मेयर भुमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, संस्था अध्यक्ष शान्ता श्रेष्ठ, कमला न्यौपाने, कविता नेपाल लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूले तालिमबाट आफूहरूले घरको काम सकेपछि पनि घरमै बसेर आय–आर्जन गर्न सकिने सीप सिकेको भन्दै खुशी व्यक्त गरे। उनीहरूका अनुसार यस्तो तालिमले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बन्न प्रेरणा दिएको छ।

तालिममा प्रशिक्षिका मुना खड्काले सहभागीहरूलाई प्रशिक्षण दिएकी थिइन्। उनले धरानबाट आएर तालिम दिएकी हुन्। तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

उक्त तालिम रंगेली नगरपालिकाको सहयोगमा तथा गृह श्रमिक सुसंवेदनशील महिला समाज नेपालको आयोजनामा सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...