News Portal

पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

हिमालीसंचार संवाददाता
३२६ पटक

पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको सडक किनारमा सोमबार बिहान एक युवकको शव फेला परेको छ।

स्थानीयवासीहरू बिहानको समयमा दैनिक क्रियाकलापका लागि घर बाहिर निस्कँदै गर्दा सडक छेउमा एक व्यक्तिको रगताम्य अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या गरिएको पुष्टि गरेको छ।

प्रहरीका अनुसार, मृतक अन्दाजित ३० वर्ष जतिको देखिने छन् र उनको टाउकोमा कडा प्रहार गरिएको पाइएको छ। घटनास्थलमा किला ठोक्ने घनजस्तो भारी वस्तु प्रयोग गरिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरी बहादुर बस्नेतले बताए, ‘हामी घटनास्थलमै छौं, हाल अनुसन्धानको प्रारम्भिक चरणमा छौं र मृतकको पहिचान खुलाउन प्रयास भइरहेकै छ।’

शव भेटिएको तरखर बिहानै भए पनि घटनाको सटिक समय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। घटनाबारे सम्पूर्ण विवरण संकलन गर्न र दोषी पहिचान गर्न प्रहरी सक्रिय भएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...