News Portal

हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

हिमालीसंचार संवाददाता
३२१ पटक

भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको जघन्य घटना सार्वजनिक भएको छ। प्रेमिकाको शव ठूलो ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालिएको अवस्थामा भेटिएपछि स्थानीय प्रहरी परिचालित भएको थियो।

३० वर्षीय नेपाली युवक विजय टोप्पा (उर्फ विल्सन) ले हैदराबादस्थित बाचुपल्ली क्षेत्रमा ३३ वर्षीया तारा बोहराको हत्या गरेका हुन्। तारा पहिल्यै विवाहित थिइन् र उनका दुई छोराछोरी छन्। उनी हालै अप्रिल १५ मा हैदराबाद पुगेकी थिइन् र त्यसपछि विजयसँगै बोवराम्पेटमा डेरा गरी बस्दै आएकी थिइन्।

प्रहरी अनुसन्धानका अनुसार, विजय र ताराबीचको सम्बन्ध फेसबुकमार्फत सुरु भएको थियो। तर, समयसँगै उनीहरूबीच मनमुटाव बढ्दै गएको देखिन्छ। विशेषगरी तारा गर्भवती भएपछि उनीहरूबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो। यही तनाव चरममा पुगेपछि मे २३ तारिखका दिन विजयले आवेगमा आएर नायलनको डोरीले ताराको घाँटी कसेर हत्या गरेका थिए।

हत्या गरेपछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर बाचुपल्लीस्थित सुनसान स्थानमा फालेका थिए। जुन ४ तारिख बिहान स्थानीय एक चौकीदारले ब्यागमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएलगत्तै साइबराबाद प्रहरीको नेतृत्वमा वरिष्ठ अधिकारीहरू – के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहितको फरेन्सिक टोली घटनास्थल पुगेको थियो।

घटनालाई गम्भीर रूपमा लिएर प्रहरीले पाँचवटा विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो। सीसीटीभी फुटेज, मोबाइल लोकेशन र अन्य प्राविधिक आधार प्रयोग गरी विजयलाई मेढचल जिल्लाबाट पक्राउ गरिएको हो। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।

हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। हैदराबादमा कामका सिलसिलामा गएका नेपाली युवाहरूका लागि यो घटना चेतावनीस्वरूप देखिएको छ। हिमाली सञ्चार संवाददाता घटनाको थप विवरण संकलनमा जुटिरहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...