News Portal

रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

हिमालीसंचार संवाददाता
२२६ पटक

मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रष्ट देखिन्छ। रंगेली र आसपासका क्षेत्रमा पछिल्ला दिनहरूमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, तर प्रहरी भने यथास्थितिवादी भूमिकामा सीमित देखिन्छ।

करिब दुई महिना अघि काठमाडौंबाट सरुवा भएर आएका प्रहरी निरीक्षक नगेन्द्र बोगटी आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षाका चुनौतीहरूसँग जुध्न नसकेको आरोप सर्वसाधारणबाट उठ्न थालेको छ।

गत बिहीबार रंगेलीको जनता क्याम्पस परिसरबाट एकैपटक दुई वटा साइकल चोरी भए पनि अहिलेसम्म प्रहरीले चोर पत्ता लगाउन नसक्नु गम्भीर कमजोरीको संकेत हो। उल्लेखनीय कुरा के छ भने, क्याम्पसको साइकल स्ट्यान सिसि क्यामेराको निगरानीमा छ, र त्यहाँको फुटेजमा चोरहरूले साइकल लिएर बक्राह पुलतर्फ लगेको स्पष्ट देखिन्छ। बक्राह पुलमा समेत सिसि क्यामेरा जडान छ।

तर, सिसि क्यामेरामा चोरको फोटो र भिडियो स्पष्ट देखिएको रेकर्ड भए पनि प्रहरीको अनुसन्धानमा कुनै प्रगति देखिएको छैन।

जनता क्याम्पसमा रंगेली, आमगाछी, दर्वेशा, बेलचोक लगायत क्षेत्रका विद्यार्थीहरू अध्ययन गर्न आउँछन्। ती विद्यार्थीहरूले आफ्ना साइकल स्ट्यानमा राखेर पढाइमा ध्यान दिइरहेका बेलामा चोरी भएको हो।

रंगेलीमा विगतमा सामान्य घरायसी चोरीका घटनाहरू मात्र हुने गर्थे। तर, अहिले सिसिटिभीको निगरानीमा रहेका स्थानबाट समेत चोरी हुन थालेको छ, जुन प्रहरीले गम्भीर रूपमा लिनुपर्ने अवस्था हो।

चार दिन बितिसक्दा पनि साइकल चोर पक्राउ परेका छैनन्। के प्रहरीसँग प्रविधि भएर पनि इच्छाशक्ति कमजोर भएको हो?

यही साता रंगेली–७ स्थित मुन्डाकालीमा कृषकहरूले सिंचाइका लागि प्रयोग गर्दै आएको ट्रान्सफर्मर चोरी भयो। त्यस्तै, रंगेली–१ स्थित जिरायत टोलमा खानेपानी संस्थाको लागि जडान गरिएको ट्रान्सफर्मर समेत चोरी भएको थियो।

दिनहुँजसो चोरीका घटनाहरू भइरहेका छन्, तर रंगेली प्रहरीले कुनै चोरको सुराकसमेत पाउन सकेको छैन।

जनताको ज्यान र सम्पत्तिको सुरक्षाका लागि खटिएका प्रहरीप्रति अहिले सर्वसाधारणमा निराशा र आक्रोश बढ्दो छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...