News Portal

  • होटल व्यवसायमा सहजता : अब राति ११ बजेसम्म चहलपहल कायम रहने

    हिमालीसंचार संवाददाता
    ९६ पटक

    काठमाडौं, जेठ ९ – काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूले अब राति ११ बजेसम्म सेवा विस्तार गर्न पाउने भएका छन्। लामो समयदेखि व्यवसायीहरूद्वारा उठाइएको माग र पटक–पटकको संवादपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा समय एक घण्टाले लम्ब्याउने निर्णय लिएको हो।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सुरक्षाको अवस्था, पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्नका लागि यस्तो निर्णय गरिएको हो। “व्यवसायीहरूको निरन्तर आग्रहलाई गम्भीरतापूर्वक लिई सेवा समय राति ११ बजेसम्म पुर्‍याउने निर्णय गरिएको हो,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

    समयअगावै बन्दको बाध्यता हट्दै

    होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले प्रशासनको यो निर्णयलाई स्वागतयोग्य कदम भन्दै राहतको अनुभूति व्यक्त गरेका छन्। उनका अनुसार अघिल्लो समय प्रहरीको सिटी फुकाइका कारण व्यवसाय समयअगावै बन्द गर्न बाध्य हुनु परेका कारण ग्राहक असन्तुष्टि बढेको थियो भने व्यवसायमा पनि नकारात्मक असर परेको थियो।

    “हामीले प्रशासनसँग होटलहरूलाई रातभर सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका थियौं। त्यो सम्भव नभए कम्तीमा राति १२ बजेसम्मको माग राखिएको थियो,” अध्यक्ष बरालले बताए, “अहिले राति ११ बजेसम्म सेवा सञ्चालनको अनुमति पाउनु अहिलेको सन्दर्भमा ठूलो राहत हो।”

    आर्थिक पुनरुत्थानमा सहयोगी

    संघका पदाधिकारीहरूले होटल तथा रेस्टुरेन्ट व्यवसाय पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा टेवा पु¥याउने प्रमुख क्षेत्र भएको उल्लेख गर्दै प्रशासनको पछिल्लो निर्णयले व्यवसायमा स्थायित्व आउने विश्वास व्यक्त गरेका छन्।

    “देशको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा सेवामूलक व्यवसायलाई प्रोत्साहित गर्ने निर्णय समयसापेक्ष छ,” संघले जनाएको छ।

    व्यवसायीहरूका अनुसार राति ११ बजेसम्म सञ्चालन अनुमति प्राप्त हुनु नातेदार, पर्यटक तथा स्थानीय ग्राहकका लागि उपयोगी हुनेछ। यो निर्णयले ग्राहक सन्तुष्टि बढाउने र आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    संघले आगामी दिनहरूमा व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रशासन र सम्बन्धित निकायहरूसँग सहकार्य अझै बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...