News Portal

होटल व्यवसायमा सहजता : अब राति ११ बजेसम्म चहलपहल कायम रहने

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं, जेठ ९ – काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूले अब राति ११ बजेसम्म सेवा विस्तार गर्न पाउने भएका छन्। लामो समयदेखि व्यवसायीहरूद्वारा उठाइएको माग र पटक–पटकको संवादपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा समय एक घण्टाले लम्ब्याउने निर्णय लिएको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सुरक्षाको अवस्था, पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरण कायम राख्नका लागि यस्तो निर्णय गरिएको हो। “व्यवसायीहरूको निरन्तर आग्रहलाई गम्भीरतापूर्वक लिई सेवा समय राति ११ बजेसम्म पुर्‍याउने निर्णय गरिएको हो,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

समयअगावै बन्दको बाध्यता हट्दै

होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले प्रशासनको यो निर्णयलाई स्वागतयोग्य कदम भन्दै राहतको अनुभूति व्यक्त गरेका छन्। उनका अनुसार अघिल्लो समय प्रहरीको सिटी फुकाइका कारण व्यवसाय समयअगावै बन्द गर्न बाध्य हुनु परेका कारण ग्राहक असन्तुष्टि बढेको थियो भने व्यवसायमा पनि नकारात्मक असर परेको थियो।

“हामीले प्रशासनसँग होटलहरूलाई रातभर सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका थियौं। त्यो सम्भव नभए कम्तीमा राति १२ बजेसम्मको माग राखिएको थियो,” अध्यक्ष बरालले बताए, “अहिले राति ११ बजेसम्म सेवा सञ्चालनको अनुमति पाउनु अहिलेको सन्दर्भमा ठूलो राहत हो।”

आर्थिक पुनरुत्थानमा सहयोगी

संघका पदाधिकारीहरूले होटल तथा रेस्टुरेन्ट व्यवसाय पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा टेवा पु¥याउने प्रमुख क्षेत्र भएको उल्लेख गर्दै प्रशासनको पछिल्लो निर्णयले व्यवसायमा स्थायित्व आउने विश्वास व्यक्त गरेका छन्।

“देशको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा सेवामूलक व्यवसायलाई प्रोत्साहित गर्ने निर्णय समयसापेक्ष छ,” संघले जनाएको छ।

व्यवसायीहरूका अनुसार राति ११ बजेसम्म सञ्चालन अनुमति प्राप्त हुनु नातेदार, पर्यटक तथा स्थानीय ग्राहकका लागि उपयोगी हुनेछ। यो निर्णयले ग्राहक सन्तुष्टि बढाउने र आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

संघले आगामी दिनहरूमा व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रशासन र सम्बन्धित निकायहरूसँग सहकार्य अझै बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...