News Portal

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    हिमालीसंचार संवाददाता
    १४७ पटक

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले सोमबार तय भएको पेसी स्थगन गर्दै अब यो मुद्दा मंगलबार हेर्ने तयारी गरेको छ।

    हिजो आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेशी तोक्न आदेश दिएको थियो। सोही आधारमा आजको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ तय गरिएको थियो।

    तर, सोमबार पनि “हेर्न नमिल्ने” भन्दै इजलासले सुनुवाइ अघि नबढाउने निर्णय गरेपछि मुद्दा पुनः स्थगित भएको हो। यसअघि पनि लामिछाने पक्षले न्याय प्रक्रिया ढिला भइरहेको भन्दै असन्तुष्टि जनाइसकेको छ।

    अब मंगलबार हुने भनिएको सुनुवाइमा के निष्कर्ष आउँछ भन्ने प्रतीक्षामा सर्वत्र चासो बढेको छ। रवि लामिछानेको रिहाइको मागसहित दायर गरिएको यो रिटको टुंगो अझै लाग्न बाँकी छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...