News Portal

पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

संगीता गुरुङ
३७७ पटक

पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीले मंगलबार बेलुकी सो रेष्टुरेन्टमा निगरानीपछि छापा मारेको थियो। अनुसन्धानको प्रारम्भिक चरणमा यौन व्यवसायमा संलग्न रहेको आशंकामा रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा–५ मालेपाटन निवासी ५१ वर्षीय तेज नारायण तिमल्सिना र तनहुँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले सो रेष्टुरेन्टबाट ५ जना महिलालाई समेत उद्धार गरेको जनाएको छ। ‘महिलाहरूलाई सुरक्षित रूपमा उद्धार गरी अहिले सेफ हाउसमा राखिएको छ,’ कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिकुमार बस्नेतले हिमाली सञ्चारलाई जानकारी दिए।

उद्धार गरिएका महिलाहरूको मानसिक, सामाजिक र कानुनी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ। यता, पक्राउ परेका तीनै जनामाथि मानव बेचबिखन तथा यौन शोषणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको र हाल उनीहरूलाई ६ दिनको म्याद थप गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...