News Portal

  • बेलायतको थेम्स नदी किनारमा भेटिएको शव नेपालका युवक विद्यार्थी भएको पुष्टि

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    बेलायत, वैशाख २० – लण्डनस्थित थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक युवा विद्यार्थी सुशान ओलीकै भएको पुष्टि भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ घर भएका २० वर्षीय ओलीको शव गत मङ्गलबार वाटरलु नजिकको नदी किनारमा फेला परेको थियो।

    लन्डन मेट्रोपोलिटन प्रहरीले शवको औँठाछाप परीक्षण गरी पहिचान गरेको हो। नेपाली दूतावासले राहदानी विभागमार्फत मागिएको औँठाछाप लन्डन प्रहरीलाई उपलब्ध गराएको थियो। उक्त छाप शवसँग पूर्ण रूपमा मिलेको पुष्टि भएको उपनियोग प्रमुख तथा प्रवक्ता विपिन दुवाडीले जानकारी दिए।

    शव पहिचान भएसँगै दूतावासले ओलीको परिवारसँग सम्पर्क गरी आवश्यक समन्वय थालेको छ। प्रारम्भिक अनुसन्धानमा लन्डन प्रहरीले आत्महत्याको आशंका गरिरहेको जनाएको छ। यद्यपि, घटनाबारे विस्तृत छानबिन जारी रहेको र थप विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।

    ओली अप्रिल २१ देखि सम्पर्कविहीन थिए। उनी अध्ययनरत शिक्षालयका सहपाठीहरूले नै प्रहरी र दूतावासलाई जानकारी गराएका थिए। अहिले शव परीक्षणको प्रक्रिया अगाडि बढाइएको छ भने परिवारको निर्णयअनुसार शव नेपाल ल्याइने वा बेलायतमै अन्त्येष्टि गरिनेबारे छलफल भइरहेको छ।

    हिमाली सञ्चार टिम शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...