News Portal

  • ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा साहको परिवार घटनाको खबर पाएलगत्तै रातारात भारत प्रस्थान गरेको छ। सर्लाहीको मलंगवा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा बस्दै आएका उनका बुबा श्याम साह र परिवारजन घटनाबारे जानकारी पाएपछि तत्कालै ओडिसा लागेका हुन्।

    प्रिशा बीटेक (कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ) अध्ययनका लागि एक वर्षअघि मात्र उक्त विश्वविद्यालय गएकी थिइन्। उनी पहिलो वर्षको छात्रा थिइन् र होस्टेलमा बस्दै आएकी थिइन्। बिहीबार दिउँसो ३ बजे मात्र उनले आफ्ना भाइ गौरवसँग फोनमा कुरा गर्दै १८ मेमा घर आउँने योजना बनाएको जानकारी दिएकी थिइन्। तर, त्यसको केही घण्टापछि राति उनी मृत भेटिएको खबर आयो।

    पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रिशाको मृत्युसम्बन्धी खबर उनका भाइ गौरवले राति बुबा श्यामलाई फोनमार्फत दिएका थिए। खबर पाएपछि श्याम साहले प्रहरीसँग सम्पर्क गरेका थिए तर ओडिसा कसरी जाने भन्नेमा अन्योलमा थिए। “हामीले उहाँलाई आवश्यक सल्लाह र जानकारी दिएका थियौँ, त्यसपछि सम्भवतः उहाँ रातारात भारततर्फ लाग्नुभयो,” मिश्रले जानकारी दिए।

    स्थानीय वडाध्यक्ष रमेश यादवका अनुसार अहिले श्याम साहको घर सुनसान छ र परिवारका सदस्यहरू सम्पर्कबाहिर छन्। “उहाँहरू भारत लाग्नुभएको हुनसक्छ,” वडाध्यक्ष यादवले भने, “भिस्वामा रहेको उहाँहरूको दुई तल्ले घरमा अहिले कोही छैन।”

    प्रिशा सामाजिक रुपमा निकै सचेत विद्यार्थी थिइन्। उनी महिलामाथि हुने हिंसाविरुद्ध सधैं आवाज उठाउँदै आएकी थिइन्। केही समयअघि मात्र उनले बलात्कारपछि मृत अवस्थामा फेला परेकी सिरहाकी किशोरी रिंकू सदायका पक्षमा आयोजित विरोध प्रदर्शनमा वीरगन्जमा सक्रिय सहभागिता जनाएकी थिइन्।

    उनको मृत्यु रहस्यमय अवस्थामा भएको भन्दै ओडिसामा अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। परिवारजन ओडिसा पुगिसकेपछि मात्र घटनाको थप विवरण र वास्तविकता स्पष्ट हुने अनुमान गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...