News Portal

ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

हिमालीसंचार संवाददाता
३०१ पटक

भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा साहको परिवार घटनाको खबर पाएलगत्तै रातारात भारत प्रस्थान गरेको छ। सर्लाहीको मलंगवा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा बस्दै आएका उनका बुबा श्याम साह र परिवारजन घटनाबारे जानकारी पाएपछि तत्कालै ओडिसा लागेका हुन्।

प्रिशा बीटेक (कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ) अध्ययनका लागि एक वर्षअघि मात्र उक्त विश्वविद्यालय गएकी थिइन्। उनी पहिलो वर्षको छात्रा थिइन् र होस्टेलमा बस्दै आएकी थिइन्। बिहीबार दिउँसो ३ बजे मात्र उनले आफ्ना भाइ गौरवसँग फोनमा कुरा गर्दै १८ मेमा घर आउँने योजना बनाएको जानकारी दिएकी थिइन्। तर, त्यसको केही घण्टापछि राति उनी मृत भेटिएको खबर आयो।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रिशाको मृत्युसम्बन्धी खबर उनका भाइ गौरवले राति बुबा श्यामलाई फोनमार्फत दिएका थिए। खबर पाएपछि श्याम साहले प्रहरीसँग सम्पर्क गरेका थिए तर ओडिसा कसरी जाने भन्नेमा अन्योलमा थिए। “हामीले उहाँलाई आवश्यक सल्लाह र जानकारी दिएका थियौँ, त्यसपछि सम्भवतः उहाँ रातारात भारततर्फ लाग्नुभयो,” मिश्रले जानकारी दिए।

स्थानीय वडाध्यक्ष रमेश यादवका अनुसार अहिले श्याम साहको घर सुनसान छ र परिवारका सदस्यहरू सम्पर्कबाहिर छन्। “उहाँहरू भारत लाग्नुभएको हुनसक्छ,” वडाध्यक्ष यादवले भने, “भिस्वामा रहेको उहाँहरूको दुई तल्ले घरमा अहिले कोही छैन।”

प्रिशा सामाजिक रुपमा निकै सचेत विद्यार्थी थिइन्। उनी महिलामाथि हुने हिंसाविरुद्ध सधैं आवाज उठाउँदै आएकी थिइन्। केही समयअघि मात्र उनले बलात्कारपछि मृत अवस्थामा फेला परेकी सिरहाकी किशोरी रिंकू सदायका पक्षमा आयोजित विरोध प्रदर्शनमा वीरगन्जमा सक्रिय सहभागिता जनाएकी थिइन्।

उनको मृत्यु रहस्यमय अवस्थामा भएको भन्दै ओडिसामा अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। परिवारजन ओडिसा पुगिसकेपछि मात्र घटनाको थप विवरण र वास्तविकता स्पष्ट हुने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...