News Portal

रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

रबिन्द्र बराल
४६० पटक

मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु गरेको छ। रंगेली–९ स्थित वडा कार्यालयको स्वास्थ्य शाखाबाट औपचारिक रूपमा उक्त शिविर प्रारम्भ गरिएको हो।

शिविरमा फर्सडागी, दोहमना, बनकोल, मैनावारी, युवाचोक लगायतका स्थानका महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। नगरपालिकाका अनुसार आर्थिक अवस्था कमजोर भएका महिलाहरूमा रोग लुकाउने प्रवृत्ति रहेको र ढिलो अवस्थामा मात्र रोगको पहिचान हुने भएकाले उनीहरूको जीवन जोखिममा पर्ने गरेको छ। यही समस्यालाई ध्यानमा राखी रंगेली नगरपालिकाले विगत केही वर्षदेखि पाठेघर सम्बन्धी शिविरको आयोजना गर्दै आएको हो।

स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलका अनुसार, यस वर्ष नगरका सबै ९ वटा वडाका बासिन्दाहरूलाई लक्षित गरी शिविर सुरु गरिएको हो। शिविरमा पाठेघरका समस्या देखिएका महिलाहरूलाई रंगेली अस्पतालमा निःशुल्क उपचार समेत प्रदान गरिनेछ।

शिविरमा भिडियो एक्स-रे, भीआई परीक्षण तथा अन्य स्वास्थ्य जाँच गरिनुको साथै ३० प्रकारका निःशुल्क औषधिहरू पनि वितरण गरिएको थियो। साथै, रंगेली अस्पतालका दक्ष चिकित्सकहरूले महिलाहरूको स्वास्थ्य परीक्षण गरेका थिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...