News Portal

प्रधानमन्त्रीलाई कपिल मौसमको पत्र !

कपिल मौसम
१८६२ पटक

सम्माननिय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यु,
नमस्कार !

म याे देश नेपालको नागरीक हुँ, विगत २०६२/६३ काे जनअान्दाेलनकाे ती कादम्वेनी समयमा पनि सङ्घर्षपुर्ण जनअान्दाेलनमा सहभागी थिए अाम नेपालीको सङ्घर्ष पुर्ण सहभागिता पश्चात् देशमा एक युगान्तकारी फड्को मारेको अनुभुति भएको थियो। फलस्वरूप गणतन्त्र नेपालकाे युगमा प्रवेश गरे सँगसँगै हामी नेपालीले विभिन्न तह र तप्कामा नयाँ नेतागण विभिन्न अाेहाेदामा कुर्सी संगाल्न बस्नु भयो। देशले एक नयाँ रूपान्तरणको नवीकरण सँगसँगै केही महिना मै सरकार फेरबदल भयो। पश्चात् देशमा विभिन्न पाटिका तह र तप्काका राजनैतिक दलकाे सामुहिक प्रतिबद्धता सहित चुनावी युग सम्पन्न भए सँगसँगै अाम नेपाल जनताले निकै अाशा भराेसाका साथ अा-अाफ्ना नेतालाई भाेट सँगसँगै हामी सम्पूर्ण नेपाली जनताले तपाईं लगायत धेरै नेतालाई चुनावी प्रक्रिया सफलता मिलाए सँगसँगै सरकारले पुर्ण रूप बाम सरकारमा परिणत भयो।

चुनाव सकिएको १ साल भैसक्दा हामीले नेपालीले के पायाै? बजार महंगि, tax हर कुरामा, बलत्कार, हत्या, हंसा, लगायत इत्यादी प्रधानमन्त्री ज्यु, नेपालीको सपना अाशा भराेसालाई पक्कै तपाईं लगायत अरू देश चलाउन विभिन्न तह र तप्कामा बस्नु भएका मन्त्री हुनुहुन्छ। नेपालीको अाशा विपरीत गएर कतै काम त गर्नु भएको छ भन्ने अनुभुत लागेको छ। राष्ट्रप्रमुख विद्या भण्डारी हुनुहुन्छ। खै त नेपाली चेलिबेटीले न्याय पाएकाे ? खै त हजारौं निर्मलाहरूले न्याय पाएका ? खै त बजार महंगि घटेको ? अाजकाे दिनमा अाम नेपाली जनताकाे भराेसा साकार पारेको ? उल्टै जनतालाई मार्ने कानुन बनाउनु भएको छ। उहीँ जनताको माया भराेसाले अाज म यहाँसम्म छु सम्झेकाे एकपटक साेच्नुपर्ने हाेकि ?

प्रधानमन्त्री ज्यु, देशको जनता भाेकै मरिरहेका छन् दिनानुदिन डरत्रास भयावह समयमा बाँचिरहेका छन। विकासका काम सबैतिर ठप्प छन। तपाईहरू भने परिवारलाई ! अाफन्तलाई, कराेडाै बाडेर देश समृद्धि तर्फ नभई भष्ट्रचार गरि देशलाई माटाेमा मिलाउन तल्लिन भएको कताकता अाभास भईरहेकाे पाएका छा‌ै। देश कसरी गुज्रिएको छ प्रधानमन्त्री ज्यु तपाईंलाई हैन, हामी अाम नेपाली जनतालाई प्रस्ट थाहा छ। तपाईं त देशको ढुकुटीबाट माेजमस्ति, रमाइलो गर्न लाग्नु भएको हाे भन्ने लाग्छ। म जस्ता लाखौंलाख युवा विभिन्न सिप हुदाहुदै पनि खाडिका तातो घाम ५०/५५ डिग्रिकाे रापमा बालुवा खनिरहेका छाै। हामीले पठाएको रेमिटेन्सबाट देश चलेको छ बुझ्नुस्, यस्तो काबिल देशको पैसालाई रमाइलो माेजमस्तिमा हैन् समृद्ध नेपाल बनाउन खर्च लगाउनुस। नेपाली खाना नपाएर कर्णालीका जनता दिनदिनै मरेको छन् खाद्यान्न पठाउनुस अनि पक्कै जनताले महसुस गर्नेछन् मेरो नेपाल समृद्धिकाे बाटो बढिरहेछ ।

प्रधानमन्त्री ज्यु, नेपाल समृद्ध बनाउन हैन् समृद्ध Kp oli, समृद्ध परिवार बनाउन तल्लिन नहुनुस्। पाेलपाेलमा तस्बिर लगाउदैमा समृद्ध नेपाल हुने भए अाम जनताले अहिलेसम्म लगाउथे। देशको अरबाै बजेट तस्बिर सजाउदैमा देशले नयाँ युग पाउने भए किन गर्नुपर्थ्याे विकास, तस्बिर सजाउने अरबाै बजेटलाई कर्णालीमा चामल, अाैषधि पठाउनुस जनताले तपाईलाई हृदयदेखि नै पाेस्टर भन्दा धेरै सजाउनेछन्, तपाईंको युगान्तकारी कार्यदिशा पनि सफलताको शिखरमा पुग्ने छ। नेपाली जनताकाे पसिना र रगतको मूल्य बिलासिनतामा एकचिम्टि पनि नरिसाइदिनु हाेला । अबको युगान्तकारी परिवर्तन तस्बिरले हैन् कामले अगाडि बढाईदिनु हाेला र सबै अाम नेपालीले जयजयकार गर्ने छन। “समृद्ध नेपाल,समृद्ध नेपाली” सपनालाई साकार पार्न हामी सम्पुर्ण जनता तयार छाै।

उहीँ राेइरहेकाे देशकाे नेपाली छाेराे
कपिल मौसम

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...