News Portal

  • प्रधानमन्त्रीलाई कपिल मौसमको पत्र !

    कपिल मौसम
    १८१० पटक

    सम्माननिय प्रधानमन्त्री
    केपी शर्मा ओली ज्यु,
    नमस्कार !

    म याे देश नेपालको नागरीक हुँ, विगत २०६२/६३ काे जनअान्दाेलनकाे ती कादम्वेनी समयमा पनि सङ्घर्षपुर्ण जनअान्दाेलनमा सहभागी थिए अाम नेपालीको सङ्घर्ष पुर्ण सहभागिता पश्चात् देशमा एक युगान्तकारी फड्को मारेको अनुभुति भएको थियो। फलस्वरूप गणतन्त्र नेपालकाे युगमा प्रवेश गरे सँगसँगै हामी नेपालीले विभिन्न तह र तप्कामा नयाँ नेतागण विभिन्न अाेहाेदामा कुर्सी संगाल्न बस्नु भयो। देशले एक नयाँ रूपान्तरणको नवीकरण सँगसँगै केही महिना मै सरकार फेरबदल भयो। पश्चात् देशमा विभिन्न पाटिका तह र तप्काका राजनैतिक दलकाे सामुहिक प्रतिबद्धता सहित चुनावी युग सम्पन्न भए सँगसँगै अाम नेपाल जनताले निकै अाशा भराेसाका साथ अा-अाफ्ना नेतालाई भाेट सँगसँगै हामी सम्पूर्ण नेपाली जनताले तपाईं लगायत धेरै नेतालाई चुनावी प्रक्रिया सफलता मिलाए सँगसँगै सरकारले पुर्ण रूप बाम सरकारमा परिणत भयो।

    चुनाव सकिएको १ साल भैसक्दा हामीले नेपालीले के पायाै? बजार महंगि, tax हर कुरामा, बलत्कार, हत्या, हंसा, लगायत इत्यादी प्रधानमन्त्री ज्यु, नेपालीको सपना अाशा भराेसालाई पक्कै तपाईं लगायत अरू देश चलाउन विभिन्न तह र तप्कामा बस्नु भएका मन्त्री हुनुहुन्छ। नेपालीको अाशा विपरीत गएर कतै काम त गर्नु भएको छ भन्ने अनुभुत लागेको छ। राष्ट्रप्रमुख विद्या भण्डारी हुनुहुन्छ। खै त नेपाली चेलिबेटीले न्याय पाएकाे ? खै त हजारौं निर्मलाहरूले न्याय पाएका ? खै त बजार महंगि घटेको ? अाजकाे दिनमा अाम नेपाली जनताकाे भराेसा साकार पारेको ? उल्टै जनतालाई मार्ने कानुन बनाउनु भएको छ। उहीँ जनताको माया भराेसाले अाज म यहाँसम्म छु सम्झेकाे एकपटक साेच्नुपर्ने हाेकि ?

    प्रधानमन्त्री ज्यु, देशको जनता भाेकै मरिरहेका छन् दिनानुदिन डरत्रास भयावह समयमा बाँचिरहेका छन। विकासका काम सबैतिर ठप्प छन। तपाईहरू भने परिवारलाई ! अाफन्तलाई, कराेडाै बाडेर देश समृद्धि तर्फ नभई भष्ट्रचार गरि देशलाई माटाेमा मिलाउन तल्लिन भएको कताकता अाभास भईरहेकाे पाएका छा‌ै। देश कसरी गुज्रिएको छ प्रधानमन्त्री ज्यु तपाईंलाई हैन, हामी अाम नेपाली जनतालाई प्रस्ट थाहा छ। तपाईं त देशको ढुकुटीबाट माेजमस्ति, रमाइलो गर्न लाग्नु भएको हाे भन्ने लाग्छ। म जस्ता लाखौंलाख युवा विभिन्न सिप हुदाहुदै पनि खाडिका तातो घाम ५०/५५ डिग्रिकाे रापमा बालुवा खनिरहेका छाै। हामीले पठाएको रेमिटेन्सबाट देश चलेको छ बुझ्नुस्, यस्तो काबिल देशको पैसालाई रमाइलो माेजमस्तिमा हैन् समृद्ध नेपाल बनाउन खर्च लगाउनुस। नेपाली खाना नपाएर कर्णालीका जनता दिनदिनै मरेको छन् खाद्यान्न पठाउनुस अनि पक्कै जनताले महसुस गर्नेछन् मेरो नेपाल समृद्धिकाे बाटो बढिरहेछ ।

    प्रधानमन्त्री ज्यु, नेपाल समृद्ध बनाउन हैन् समृद्ध Kp oli, समृद्ध परिवार बनाउन तल्लिन नहुनुस्। पाेलपाेलमा तस्बिर लगाउदैमा समृद्ध नेपाल हुने भए अाम जनताले अहिलेसम्म लगाउथे। देशको अरबाै बजेट तस्बिर सजाउदैमा देशले नयाँ युग पाउने भए किन गर्नुपर्थ्याे विकास, तस्बिर सजाउने अरबाै बजेटलाई कर्णालीमा चामल, अाैषधि पठाउनुस जनताले तपाईलाई हृदयदेखि नै पाेस्टर भन्दा धेरै सजाउनेछन्, तपाईंको युगान्तकारी कार्यदिशा पनि सफलताको शिखरमा पुग्ने छ। नेपाली जनताकाे पसिना र रगतको मूल्य बिलासिनतामा एकचिम्टि पनि नरिसाइदिनु हाेला । अबको युगान्तकारी परिवर्तन तस्बिरले हैन् कामले अगाडि बढाईदिनु हाेला र सबै अाम नेपालीले जयजयकार गर्ने छन। “समृद्ध नेपाल,समृद्ध नेपाली” सपनालाई साकार पार्न हामी सम्पुर्ण जनता तयार छाै।

    उहीँ राेइरहेकाे देशकाे नेपाली छाेराे
    कपिल मौसम

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...