News Portal

शाहीको स्टाटसले बालेनप्रति संकेत? सामाजिक सञ्जालमा फेरि सुरु भयो बहस

संगीता गुरुङ
२५८ पटक

काठमाडौं, चैत्र २२ – राजनीतिक अभिव्यक्तिमा सदैव प्रखर देखिँदै आएका ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत लेखेको पछिल्लो स्टाटसले चर्चाको नयाँ लहर ल्याएको छ। उनले प्रत्यक्षरूपमा कसैको नाम नलिए पनि उक्त अभिव्यक्तिमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ लक्षित गरिएको प्रष्ट देखिन्छ।

शाहीले लेखेका छन्, “टुकुचाँमा गाढि हालौं छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन।” यो स्टाटसलाई केही समयअघि बालेनले सामाजिक सञ्जालमा राखेको विवादास्पद अभिव्यक्तिसँग जोडेर हेरिएको छ, जहाँ उनले भनेका थिए, “अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु!”

शाहीले बालेनको उक्त भनाइको परोक्ष समर्थन गर्दै “बोलीमा अडिग रहनु पर्छ” भन्ने सन्देश दिएका छन्। सरकारप्रति प्रायः आलोचक रहँदै आएका शाहीले पछिल्लो समय देखिएको सरकारी हस्तक्षेपप्रति आक्रोश व्यक्त गर्दै बालेनप्रति सहानुभूति जनाएका देखिन्छन्।

हाल शाहीको स्टाटस सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिँदै छ। यसले न केवल बालेनको अभिव्यक्तिलाई फेरि एकपटक चर्चामा ल्याएको छ, तर समग्रमा नेपाली राजनीति र अभिव्यक्ति स्वतन्त्रताको विषयमा पनि नयाँ बहस सुरु गराएको छ।

प्रतिकृया दिनुहोस्

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार...