News Portal

प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।

हिमालीसंचार संवाददाता
२११ पटक

चैत्र १८, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीको सम्बोधनमा अस्वीकृत भाषा प्रयोग भएको आरोप लगाएका छन्। उनका अनुसार, संसद्को नियमावली अनुसार होच्याउने वा अपमानजनक शब्दहरूको प्रयोग स्वीकार्य छैन, तर प्रधानमन्त्रीको अभिव्यक्ति त्यस विपरीत देखिएको छ।

शाहीले विशेष गरी फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको स्वागतलाई प्रधानमन्त्रीले ‘कथित’ भनेकोप्रति आपत्ति जनाएका छन्। उनले यस्तो अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै त्यसलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन्।

संसद्मा उठेको यस विषयले अहिले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ। अब संसद्ले यसबारे के निर्णय गर्छ भन्ने चासो बढ्दै गएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...