News Portal

रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

मोरङको रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ।

रबिन्द्र बराल
३५८ पटक

मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा सुरु गरिएको हो। हालसम्म ८० जना युवा तथा वृद्धहरूको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।

रंगेली अस्पतालमा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल गाउँपालिका, झापाको गौरिगञ्ज नगरपालिका लगायतका विभिन्न स्थानका बिरामीहरूले उपचार सेवा लिइरहेका छन्। २० वर्षदेखि ६७ वर्ष उमेर समूहका बिरामीहरूको शल्यक्रिया गरिएको छ।

डाक्टरहरूका अनुसार तराई क्षेत्रमा मजदुरी गर्ने, भारी सामान बोक्ने मानिसहरूमा हाईड्रोसिल र हर्नियाको समस्या बढी देखिने गर्छ। डाक्टर हरेराम माझीका अनुसार, हाईड्रोसिल भनेको पुरुषहरूको अण्डकोषमा पानी जमेर सुन्निनु हो।

हाईड्रोसिलको कारण र रोकथामबारे उनले जानकारी दिँदै भने “पुरुषहरूले अण्डकोषको नियमित सरसफाइ गर्नुपर्छ। यदि सरसफाइ नगरेमा संक्रमण भएर हाईड्रोसिल हुन सक्छ।”

रंगेली-५ का शिव मण्डलले निःशुल्क उपचार पाएर आफूहरू खुशी भएको बताए।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनिल देवका अनुसार बिरामीहरूको चाप बढिरहेकाले शिविरको समय अझै थप्न सकिने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...