News Portal

नेपालको संबिधान भन्दा पनि माथि भए निर्मलाको हत्यारा !

कर्ण अधिकारी
१२७० पटक

बिगत चार महिना देखि सरकारसंग न्यायको भिख माग्दै हिडेका बलात्कार पछि हत्या गरीएकी स्वर्गीय निर्मला पन्तको बुबाले एकाएक मानसिक सन्तुलन गुमाएको भिडियो सामाजिक संजालहरूमा भाईरल भएसंगै मेरो मन मस्तिष्क पनि बिक्षिप्त बन्न पुगेको छ।भलै मेरो ब्यक्तिगत तर्फबाट मृतक निर्मलाको परीवारलाई केही गर्न नसके पनि केही शब्द कोर्ने जमर्को गरेको छु।बिशेषत: नेपाल सरकारलाई नै लक्षित गरी लेखिएका शब्दहरूले संबन्धित निकायमा ध्यानाकर्षण होस भन्न चाहन्छु।

श्रावण १० गते आफ्नै साथीको घरबाट हराएकी कञ्चनपुरकी निर्मलाको बलात्कार पछि हत्या भएको कुरा सुनिन थालेको पनि ४ महिना बिति सकेको छ।यस घटनामा दोषी को हो भन्ने कुरा सरकारले पत्ता लगाउनुको साट्टो मानसिक सन्तुलन गुमाएका दिलिप बिष्ठ देखि निर्दोष महिला पुरूषलाई मानसिक एवं शाररीक यातना दिने कार्य गर्ने गराउने गरीयो भने बम दिदीबहिनीको घरबाट हराएकी कुरा जानकारी हुँदा हुँदै पनि सरकारी पक्षबाट बम दिदि बहिनीलाई साधरण सोधपुछमा सिमित राख्नु दुर्भाग्य पूर्ण कुरा हो।एसपी डिल्लीराज बिष्टले आफू कञ्चनपुर रहदा खेलेका प्राय सबै भूमिका र काम कार्बाही शंका स्पद भएको थाहा हुँदा हुँदै सरकारले केवल जागिरबाट बर्खास्त गरेर घटनालाई पन्छाउने कोशीश गरेको छ।

बिश्वमै राम्रो श्रेणीमा रहेको नेपाल प्रहरीको काम कार्बाही नै शंका स्पद भई रहेको अबस्थामा जनस्तरबाट आवाज उठ्नु स्वभाबिकै हो।गृहमन्त्रालयको बागडोर समालेका मन्त्री राम बहादुर थापा बादलले सही र चुस्त तवरबाट घटना माथि नजर लगाउन नसक्नु र दोषी को हो भन्ने बारे राज्यको संयन्त्र प्रयोगमा ल्याउन नसक्नु दुखद कुरा हो।कम्युनिस्टको २ तिहाई सरकार भएको देशमा जनताले न्याय नपाउनु दुर्भाग्य पूर्ण कुरा हो।प्रम केपी ओलीले यस घटनाका बिषयमा छानबिन र सत्य तथ्य बाहिर आउन १२ बर्ष पनि लाग्न सक्छ भन्ने कुरा सार्बजनिक स्तरमा बोली दिनुले पनि सरकार पक्षबाट न्याय पाउला भन्ने आश मरी सकेको अबस्थामा बिक्षिप्त बन्दै निर्मलाका बाबुले मानसिक संतुलन गुमाए। पन्त परीवारमा छोरीको हत्या भई सके पछि आज पुरै परीवारको अबस्था यसरी गुज्रिनुमा नेपाल सरकारले जिम्मा लिनु पर्ने होईन र ? सम्माननीय प्रम ओली ज्यू तपाई एक पटक निर्मलाको बाबु बनेर सोचि दिनु होस्। के अब निर्मलाको परीवारले न्याय नपाउने नै हो त ?

जसरी नेपाल सरकारले छोरा कृष्ण प्रसादको हत्या माओबादीले गरे पछि न्यायका लागि लड्दै आएका बाबु नन्द प्रसाद र आमा गंगामायालाई न्याय दिन सकेन त्यसरी नै निर्मलाका परीवारलाई पनि न्याय दिन सक्दैन भन्ने अनुमान गर्न सकिन्छ। नन्द प्रसाद बिर अस्पतालको सैयामा अस्ताए भने यता निर्मलाको बाबु छोरीको बियोग र न्याय नपाउदा पागल बन्न पुगेका छन्। के देशका जनता प्रति सरकारको उत्तर दायित्व यही हो ? मलाई नेपाल सरकारसंग सोध्न मन लागेको कुरा ३३ किलो सुन खै ? निर्मलाको हत्यारा खोई ? देशमा सुशाशन खै ? करोडौ अर्बौ भ्रष्ट्राचार गर्ने भ्रष्ट्राचारीहरूलाई कार्बाही खोई ? वाईड बडी जाहाजको के हो बास्तबिकता यसको छानबिन खोई ? बिहान बिहानै बालाजु देखि कलङ्की सम्म जाँदा बस भित्र लुटपाट हुन्छ भने यस्तो अबस्थामा सुरक्षा खोई ? राजधानीमा त सुरक्षा छैन भने दुर दराजमा कसरी सुरक्षाको अनुभुति गर्ने ? के निर्मलाको बलात्कारी नेपालको संबिधान भन्दा माथि हो ? यस्ता अनगिन्ति प्रश्नहरू मेरो मनमा मात्र होईन करोडौ जनताको मन मस्तिष्कमा रहेको छ। यस्तो अबस्थामा नेपाल सरकारले देश र जनताको हितका लागि काम गर्न नसक्नु दुर्भाग्य हो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...