News Portal

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित, आन्दोलनको चेतावनी

हिमालीसंचार संवाददाता
२२२ पटक

चैत्र ८,काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ। निर्वाचन प्रक्रिया अघि नबढाए कडा आन्दोलन गर्ने चेतावनी नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले दिएको छ।

क्रान्तिकारीका त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरद्वारा जारी विज्ञप्तिमा अविलम्ब निर्वाचन मिति तय गर्न माग गरिएको छ।

यसअघि फागुन ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन ८ गते सारिएको थियो। तर, विभिन्न विवादका कारण पुनः १० गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख रूपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको आन्तरिक द्वन्द्वका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको क्रान्तिकारीको आरोप छ।

क्रान्तिकारी विद्यार्थी संगठनले करिब ६ हजार विद्यार्थीहरू मतदान अधिकारबाट बञ्चित भएको भन्दै आपत्ति जनाएको छ। उनीहरूले कुनै पनि संगठनको आन्तरिक समस्या विद्यार्थीहरूको अधिकारमाथि बाधा बन्न नहुने बताएका छन्।

स्ववियु निर्वाचन निष्पक्ष, स्वच्छ, र भयरहित वातावरणमा सम्पन्न गर्न माग गर्दै अखिल क्रान्तिकारीले अविलम्ब निर्वाचन प्रक्रिया अघि नबढाए हजारौँ विद्यार्थीहरूलाई साथमा लिएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...