News Portal

इन्जिनियरिङ जियोलोजीका टपर अश्विन दुवाडी स्ववियु सचिव पदका उम्मेदवार

समिर कुमार अधिकारी (द्रुपद)
३८८ पटक

काठमाडौ -त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट अश्विन दुवाडी सचिव पदका उम्मेदवार बनेका छन्। नेविसंघले सभापतिका लागि दीपकराज जोशीलाई उम्मेदवार बनाएको छ भने सचिवमा अश्विन दुवाडी र कोषाध्यक्षमा सगुन कडेंललाई अघि सारेको छ।

को हुन् अश्विन दुवाडी?

त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागका चौथो सेमेस्टरका तथा व्यवस्थापन सङ्काय (एमबीएस) प्रथम सेमेस्टरका विद्यार्थी अश्विन दुवाडी इन्जिनियरिङ जियोलोजीका उत्कृष्ट विद्यार्थी हुन्। आफ्नो शैक्षिक उपलब्धिलाई निरन्तर कायम राख्दै उनले इन्जिनियरिङ जियोलोजीमा उच्च स्थान हासिल गरेका छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनकै आधारमा उनी गत मंसिरमा जापानको शिमाने विश्वविद्यालयमा आयोजित Sakura Science Exchange Program मा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै जापान गएका थिए।

सानैदेखि अध्ययन, राजनीति, साहित्य, विज्ञान, र सामाजिक कार्यमा सक्रिय रहेका अश्विन दुवाडी विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघप्रति आस्थावान थिए। समाजमा प्रचलित ‘राजनीति गर्ने विद्यार्थीको पढाइ कमजोर हुन्छ’ भन्ने धारणालाई खण्डन गर्दै उनले प्रारम्भिक शिक्षादेखि नै अध्ययन, राजनीति, र साहित्यमा समान रुचि राखी उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। शैक्षिक रूपमा अब्बल रहँदै उनले विद्यार्थी राजनीति र साहित्यिक गतिविधिमा पनि उल्लेखनीय योगदान दिएका छन्।

उनको जन्मस्थान धादिङ हो, र उनी विश्वविद्यालयको विद्यार्थी राजनीतिमा बौद्धिक छविका विद्यार्थी नेताका रूपमा परिचित छन्।

साहित्यिक यात्रा

अश्विन दुवाडी साहित्यिक लेखनमा पनि उत्तिकै सक्रिय छन्। उनी कविता, गजल, र मुक्तक लेखनमा सशक्त सर्जक मानिन्छन्। उनले विभिन्न साहित्यिक पुरस्कार जित्नुका साथै १४ वर्षको उमेरमै आफ्नो पहिलो कृति “आरम्भ” प्रकाशित गरेका थिए। नेपाली लेखक संघ, काठमाडौंका सदस्य रहेका उनले विभिन्न पत्रपत्रिकामा कविता, गजल, लेख, र मुक्तक प्रकाशन गर्दै आएका छन्। समाजशास्त्र, मानवशास्त्र, र सांस्कृतिक चिन्तन उनका साहित्यिक लेखनका प्रमुख विषयहरू हुन्।

सामाजिक योगदान

सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन्। त्रिचन्द्र क्याम्पस, घण्टाघरबाट स्नातक गर्दा उनी त्यहाँ विद्यार्थी राजनीतिसँगै मानव अधिकारको पक्षमा आवाज उठाउने संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल को त्रिचन्द्र युथ नेटवर्कमा आबद्ध भई संयोजकका रूपमा नेतृत्व प्रदान गरेका थिए। उनले ‘सेभ द त्रिचन्द्र’ आन्दोलनको नेतृत्वसमेत गरेका थिए। त्यसपछि उनी एम्नेष्टी इन्टरनेशनल नेपाल को राष्ट्रिय बोर्डअन्तर्गतको “Youth Power Action” कमिटीका सदस्य बनेर कार्य गरे।

संगठनात्मक संलग्नता

अश्विन दुवाडी विभिन्न सामाजिक संघ-संस्थामा सक्रिय छन्। सन् २०१८ मा लियो क्लब अफ काठमाडौं लालिगुँरास का सहसचिव भएका उनी हाल नेपाल जेसिस मा आबद्ध छन्। उनले सन् २०२४ मा बालकोट जेसिस का महासचिवको भूमिका निभाएका थिए भने सन् २०२५ का लागि कार्यकारिणी उपाध्यक्षको रूपमा चयन भएका छन्। साथै, उनी ढोला काठमाडौं सेवा समाज का सचिवका रूपमा पनि कार्यरत छन्।

कुशल वक्ता र कार्यक्रम सञ्चालक

स्पष्ट वक्तृत्व कला भएका अश्विन दुवाडी कुशल कार्यक्रम सञ्चालकका रूपमा परिचित छन्। उनले विभिन्न सामाजिक, शैक्षिक, र साहित्यिक कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति दिँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...