News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूद्वारा विशेष तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्।

संगीता गुरुङ
२४५ पटक

फाल्गुन २५, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदै छन्। उनलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (PDF), राष्ट्र शक्ति नेपाल लगायतका संगठनहरूले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरेका छन्।

एक सातासम्म पोखरामा बसेका पूर्वराजा शाह दिउँसो हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई स्वागत गर्न समर्थकहरू झण्डा, ब्यानर, फूलमाला तथा प्लेकार्डसहित सडकका दुवै किनारामा उपस्थित हुनेछन्। विमानस्थलबाट उनी महाराजगञ्जस्थित निर्मल निवास जाने कार्यक्रम रहेको छ, जहाँसम्म समर्थकहरूले जुलुससहित साथ दिनेछन्।

पूर्वराजाको स्वागतलाई प्रभावशाली बनाउन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आ–आफ्ना कार्यकर्तालाई परिचालन गरिरहेका छन्। उपत्यका आसपासका जिल्ला— काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, बूढानीलकण्ठ, धादिङ, नुवाकोट लगायतबाट समर्थकहरूलाई झिकाइएको छ। यी समूहहरू विभिन्न स्थानबाट र्‍याली निकालेर त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गर्नेछन्।

यस्तै, जावलाखेल, च्यासल, चापागाउँ, इमाडोल लगायतका क्षेत्रहरूबाट पनि छुट्टाछुट्टै जुलुस निकाल्ने तयारी भएको छ। सबै समूह विमानस्थलको गेटमा जम्मा भई, नाराबाजी गर्दै निर्मल निवाससम्म पुग्ने योजना रहेको छ।

यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भिड नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...