News Portal

  • लुथरन समुदायकाे सहयोगले परिवार पालनपोषण गर्ने सहज

    लुथरन समुदायको सहयोगले परिवार पालनपोषण गर्न सहज भएको छ।

    रबिन्द्र बराल
    २०० पटक

    फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका अनुसार, २०६४ सालमा उनी ईस्काईभेटर चलाएर आफ्नो जीवन यापन गर्दै थिए। २०६९ सालमा कामका सिलसिलामा धनपालथान गाउँपालिका नजिकै रहेको भङ्गा पुल नजिक पोखरी खन्ने क्रममा उनले एउटा गोह्मन सर्प जस्तो देखिने सर्प देखे। उनले उक्त सर्पलाई केही नगरेका थिए, तर गाडीमा रहेका खलासीले उक्त सर्पलाई माटोले छोपेका थिए। पछि अर्को सर्प आएपछि उनीलाई आँखामा बारम्बार हेर्ने गरेको र केही समयपछि गाडीको इन्जिन नै बिग्रेको बताए। केही सातापछि उनको दाहिने आँखामा समस्या आउन थाल्यो र विभिन्न अस्पतालमा उपचार गराए पनि दुवै आँखा बिग्रिएका थिए।

    आँखा बिग्रिएपछि कोरोनाको समयमा लुथरन कल्याण सेवाले उनकाे घरको आर्थिक अवस्था देखेर उनलाई सानो व्यापार गर्ने उद्देश्यका साथ आर्थिक सहयोग गरेपछि उनले एउटा सानो गुम्टिमा व्यवसाय सुरु गरेका छन्। सो व्यवसायबाट ४ जनाको परिवार पालनपोषण गर्दै आएका छन् र जेठो छोरा राजकुमार ऋषिदेव पनि सुस्त मानसिकतामा रहेका छन्। उनकाे घरमा श्रीमती आशा ऋषिदेव, सुनिल, लक्ष्मी र राजकुमार रहेका छन्। आफू पसलमा बसेर व्यापार गर्दै आएका छन् र उनले पैसाको साइज वा कुन नोट कति हो भन्ने थाहा पाउने गरेका छन्। उनले भने, “अहिलेसम्म पनि लुथरनले मलाई सहयोग गरेपछि अहिले परिवार पालनपोषण गर्न धेरै सहज भएको छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनबाट भएको क्षति सरकारले व्यहोर्ने: अर्थमन्त्री खनाल

    काठमाडौं, कार्तिक ९ – अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा...

    आज २०८२ साल कार्तिक ९ गतेको राशिफल

    आज कार्तिक ९, २०८२ (अक्टोबर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

    कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा...

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...