

समाजमा जुन कुराले बढि सताएको हुन्छ चर्चा त्यहि बिषयमा हुने गर्छ। अहिले राष्ट्र, राष्टियता, धर्म, संस्कृति गणतन्त्रले सताएको छ। त्यसको मूल जड भनेको यो ब्यबस्था र यसका पृष्ठपोषकहरु नै हुन्। अध्यादेशबाट चलाउन खोजेको ब्यबस्था, संसद केवल देखाउने दांत, चपाउने कार्यपालिका, विधायिकाहरु संसदमा जुहारी खेल्ने, कस्ले कस्लाई गाली बढी गर्न सक्छ। होडवाजी चलेको छ। संसद मर्यादाहिन देखिन्छ। सांसदहरुको काम केवल टेवल ठोक्ने भएको छ। यो रमिता आजको ब्यबस्थापिका संसद भित्रको हो। जहां संसदिय भाषा, मर्यादा समाप्त भएको छ। गणतन्त्रको १८ बर्ष त्यसै खेर गयो।
नेपाली कांग्रेसमा एउटा बहसले निकै समय चर्चा पायो। महाधिवेशन समयमै हुनुपर्छ र हुनुहुदैन भन्ने बहस निकै चर्किएको थियो। बास्तवमा पार्टिका महाधिवेशनहरु बिधान त प्रत्येक ४/४ बर्षमा हुनुपर्ने भनिएको छ। तर त्यहि बिधानमा यदि कुनै अप्ठ्यारो परिस्थिति परेको अबस्थामा १ बर्षलाई समय थप गर्न सकिने प्रावधान पनि राखिएको छ। साथै ०७२ को संबिधानले यदि आम निर्वाचन अगाडी पर्न गएको अबस्थामा निर्वाचन रोक्न नसकिने तर पार्टिको अधिबेशन ६ महिना पछि सार्न सकिने सुबिधा पनि दिएको छ। त्यस्तो सुबिधा भनेको त्यो जटिल परिस्थितिलाई ध्यानमा राखेर दिईएको होला ! तर पार्टिले यसलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको छ। नेपाली कांग्रेसको हिजो बसेको पदाधिकारी बैठकले डेढ बर्ष अधिबेशन हुन नक्ने पार्टी प्रबक्ताको भनाई सुनियो। नेतृत्वले यसलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको छ ।
“शेखर कोइराला संगठन बलियो बनाउने दौडमा छन्,भने यूवाहरु नेता रिझाएर, उनका सबै सर्त मन्जुर गरेर भएपनि आफुलाई सभापति हांसिल गर्ने प्रयासमा जुटेका छन्। अर्को डुङ्गे मुसाहरु तिनका बिरुद्धमा ११ जना देउवा कहाँ आफुलाई उत्तराधिकारी तोक्नुपर्ने अन्यथा मान्य नहुने फरमान लिएर गए। देउवाले कसैलाई पनि तोकिदैन अहिले बेला भएको छैन भनेर फर्काइदिए। आन्तरिक लोकतन्त्र समाप्त भएको पार्टिभित्र अरु आशा गर्ने ठाउँ छैन।”
आफुलाई निकै शक्तिशाली भन्ने यूवा महामन्त्री केहिदिन अगाडि निकै कुर्लिएका थिए। महाधिवेशन समयमै हुन्छ। कार्यकर्ताहरु कसैले कृयाशिल सदस्यता ऋनु नगर्दैमा केही फरक पर्दैन ८ लाखमा ५ लाखले गरेपनि गरुन ३ लाख मात्रले गरेपनि पुग्छ। यो कस्तो घमण्ड हो ? एकातिर बरिष्ठ नेता शेखर कोइराला संगठन बलियो बनाउने दौडमा छन्,भने यूवाहरु नेता रिझाएर, उनका सबै सर्त मन्जुर गरेर भएपनि आफुलाई सभापति हांसिल गर्ने प्रयासमा जुटेका छन्। अर्को डुङ्गे मुसाहरु तिनका बिरुद्धमा ११ जना देउवा कहाँ आफुलाई उत्तराधिकारी तोक्नुपर्ने अन्यथा मान्य नहुने फरमान लिएर गए। देउवाले कसैलाई पनि तोकिदैन अहिले बेला भएको छैन भनेर फर्काइदिए। आन्तरिक लोकतन्त्र समाप्त भएको पार्टिभित्र अरु आशा गर्ने ठाउँ छैन।
देश अस्तब्यस्त बनाईएको छ। काला बजारी र चोरि निकासी बढेकोले राजस्व उठेको छैन। कर्मचारीको अबस्था त्यस्तै छ। तर सरकारको ध्यान त्यता छैन। गठबन्धनले सबै ढाकछोप गरेकै छ। आयआर्जनको ब्यबस्था छैन। ब्यापारी ऋणमा डुबेका छन्। समयमा ब्याज तिर्न नसक्दा सानादेखी ठुलासम्मका ब्यापारी, उद्योगी, ब्यबसायीहरुलाई बैंकहरुले Black Lest मा राखेको छ। कारोवार गर्न नपाउदा ब्यवसाय समाप्त पारिएको छ। कसरी ऋण तिर्न सक्छन् ? सरकारले यता सोच्नु पर्दैन ? राज्य संन्चालकहरुले लुट्ने भन्दा बाहेक अरु नदेख्ने, पदमा भएका ब्यक्ति नबोल्ने के देश र जनतालाई यसै मार्ने, गणतन्त्रको उपलब्धी यही हो ? त्यसैले गणतन्त्रको बिदाई र राजसंस्थाको स्वागत हुदैछ।
“हिजो राजसंस्थालाई निरंकुश भन्नेहरुले यसको जवाफ दिनुपर्छ। ०६२/६३ को आन्दोलनमा राजामाथी हामी आन्दोलनकारिहरुले लगाएको नारा के बिर्सियौ ? त्यस्तो नारा लागिरहँदा, राजासंग सारा शक्ति आफ्नो हातमा हूदां पनि जनतामाथि निर्मम दमन गरिएन जो अहिले लोकतन्त्रमा अपनाईदैछ। जनताको लागि आफ्नो सिंहाशन हाँसीहाँसी छोड्न सक्ने राजा ज्ञानेन्द्र शाह लोकप्रिय बन्दै गएका छन्। शालिन ब्यतित्वका धनी राजा ज्ञानेन्द्र शाहको धैर्यता, सहनशीलता, देश र जनता प्रतिको अगाध स्नेहले नै उनी उदाहरणिय राजा बनेका छन। अब उनले छोडेको नासो जनताले छिट्टै फिर्ता गर्दैछन्।”
ब्यथिति र बेरोजगारीले जनता आजित छन्। अन्यायमा परेका पिडितहरुले न्याय माग्ने ठाउँ छैन। सरकारी निकाय, संबैधानिक अंगहरु भागबण्डा र सेटिङमा छन्। नेताका दास बन्न चाहने र उनिहरुलाई कमिसन पुर्याउन सक्ने बाहेक अरुको काम हुदैन। एकपटक मन्त्री भएकाहरुले आफ्ना कार्यकर्ता त चिन्न छाडे भने जनता चिन्ने, जनताको कामगर्ने कुरै भएन। भूखमरीबाट आएका नेताहरुले देशको जग्गा, जमीन, खोलानाला, सरकारी प्रति जग्गा, नेपाल ट्रष्टको जग्गा केही बांकी राखेनन्। त्यहि जग्गाहरुलाई ब्यक्ति र भू-माफियाहरुबाट असुलेको रकम पचाउन लालमोहर लगाउनको लागि भूमि सम्बन्धी अध्यादेश ल्याईएको हो। अब सबै पार्टिको सहमतिमा पास हुन सक्ने देखिन्छ। सरकारका यस्ता कुकृत्य कार्य बिरुद्ध बोल्ने, लेख्ने ब्यक्तिहरु बिरुद्ध सामाजिक सन्जाल नियन्त्रण अध्यादेश ल्याईएको हो। जनताको मौलिक हक बिरुद्धमा ल्याईएको बिधेयक निन्दनिय छ। नेपाली कांग्रेसका महामन्त्री निकै ठूलो स्वरमा यो सच्याएर मात्र पास हुन्छ, अन्यथा पास हुदैन भन्दै थिए। त्यो पनि पास हुने सहमति भैसकेको सुनिन्छ। लोकतन्त्रको यो भन्दा ठुलो निरंकुश चरित्र अर्को के हुन सक्छ ? हिजो राजसंस्थालाई निरंकुश भन्नेहरुले यसको जवाफ दिनुपर्छ। ०६२/६३ को आन्दोलनमा राजामाथी हामी आन्दोलनकारिहरुले लगाएको नारा के बिर्सियौ ? त्यस्तो नारा लागिरहँदा, राजासंग सारा शक्ति आफ्नो हातमा हूदां पनि जनतामाथि निर्मम दमन गरिएन जो अहिले लोकतन्त्रमा अपनाईदैछ। जनताको लागि आफ्नो सिंहाशन हाँसीहाँसी छोड्न सक्ने राजा ज्ञानेन्द्र शाह लोकप्रिय बन्दै गएका छन्। शालिन ब्यतित्वका धनी राजा ज्ञानेन्द्र शाहको धैर्यता, सहनशीलता, देश र जनता प्रतिको अगाध स्नेहले नै उनी उदाहरणिय राजा बनेका छन। अब उनले छोडेको नासो जनताले छिट्टै फिर्ता गर्दैछन्।
०७० को दशकसम्म चुनाव गर्नुपर्दा चन्दा र केही पार्टिका सहयोगीहरुसंग ऋण लिएर निर्वाचन गर्ने पार्टिहरु ०८०/८१ सम्म आईपुग्दा देश लुटेर अत्यधिक सम्पन्न भए। निर्वाचनमा एउटा उमेदवारले ५ देखी १० करोड खर्च गरेको कुरा आफ्नै मुखले बोलेका छन्। तर निर्वाचन आयोग केही गर्दैन। त्यत्रो खर्च गर्ने हैसियत कसरी भयो। नेपाली कांग्रेस १० बर्षसम्म ब्यक्तिको पैसा तिर्दैन, पार्टिका पदाधिकारीहरु आफ्ना साथिलाई परेको अन्याय उपर बोल्दैनन् भने यस्ता पार्टिहरुलाई भोट हालेर नेता बनाएर के देश अझै कंगाल बनाउने ? सचेत जनताहरुले गम्भिर भएर निर्णय लिने बेला आएको छ। जसरी बैंकहरुले ऋणीहरुलाई Black Lest मा राखेका छन्। पार्टिका कार्यकर्ता र जनताहरुले अब पार्टिहरुलाई नै Black Lest मा राख्नुपर्ने दिन आउदैछ। र राख्ने छन्। जनताको धैर्यताको बाँध टुटिसकेको छ। बाँकी श्री पशुपतिनाथले सबैको रक्षा गर। जय नेपाल।
