News Portal

पाल्पामा घर भाडा विवादमा हत्या, घरबेटी पक्राउ

पाल्पामा घर भाडा नदिएको विवादको कारण घरबेटीले एक जनाको हत्या गरी पक्राउ परेका छन्।

संगीता गुरुङ
३१५ पटक

पाल्पा, माघ २५ – पाल्पामा घर भाडा नदिएको विवादको कारण घरबेटीले एक जनाको हत्या गरेको घटनाको खुलासा भएको छ।

तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई घर भाडा नदिएको कारण हत्या गरेका हुन्। बुढाथोकी विष्टको घरको एउटा कोठामा ६ महिना देखि बस्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानका अनुसार, मासिक ५ सय रुपैयाँ भाडा तिर्ने सहमति भए पनि पछिल्लो समय १४ सय रुपैयाँ भाडा तिर्न बाँकी भएको कारण विवाद उत्पन्न भएको थियो। मदिरा सेवन गरेर बसेका विष्टले हँसिया प्रयोग गरेर बुढाथोकीको हत्या गरेका थिए।

माघ २३ गते बिहान ८ बजे बुढाथोकी मृत फेला परेका थिए। शवमा रगतको धारा र चोटका लक्षणहरू पाइएका थिए।

प्रहरीले विष्टलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ र उनलाई अदालतबाट म्याद थप गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...