News Portal

भर्याङ र भ्रष्टाचार माथिबाट सफा गर्नुपर्छ

कमला थापा
५४६ पटक
२०८१ माघ १५ गते।

सनातन धर्म र शास्त्रले मानव जिवनलाई धेरै कुरा सिकाएको छ। जस्लाई हामि ग्रहण गर्दैनौं। सनातन धर्म संगसंगै सभ्यताको बिकास हुदै आएको हो। तर आधुनिक जिवनमा त्यस्ता कुराले महत्त्व राख्दैन भन्नेहरुको जमात धेरै छ। “उहिलेको कुरा खुईलियो” भन्छन्। तर यस्ता महत्त्वपूर्ण कुरालाई लापर्वाही गर्दा घरपरिवारदेखी समाज, आफन्त, सर्वत्र निन्दनीय बन्नु परेका घटना प्रत्यक्ष छ। आजको राजनिति यहि सेरोफेरो भित्र घुमिरहेको छ। तर‌ हामी मनन् गर्दैनौं। जस्ले गर्दा जेलदेखी नेल खानु परेका कथा, ब्यथा आफैले भोग्नुपर्छ। अरुले ब्यहोर्ने हैन। त्यसैले पूर्वजहरुका कुरा मनन् योग्य छ। भर्याङ र भ्रष्टाचार सधै माथिबाट सफा गर्नुपर्छ। उच्च ओहदामा भएको ब्यक्तिले भ्रष्टाचार नगर्ने हो भने, तलकाले कहिले पनि गर्न सक्दैननन्। यदि गरेको अबस्थामा कारवाही गर्ने नैतिक बल रहने छ।

“विश्व भू-राजनितिमा आएको बदलाव र अमेरिकामा डोनाल ट्रम्पको उपस्थिति पछि परिवर्तनको मोडल नेपालमा पनि देखिन थाल्यो। “नेपालमा संन्चालित सबै परियोजना स्थगित गर्न USID ले धेरै देशहरूमा पत्र पठाएको र नेपलमा पनि ” यदि यो सत्य हो भने MCC पनि रोकिने अबस्था नआउला भन्न सकिन्न। अहिलेसम्म MCC मा लगानी नेपालको मात्र दुई अर्व भन्दा बढी खर्च भैसकेको छ। अमेरिकाले एक पैसा दिएको छैन। डोनाल्ड ट्रम्पको अहिलेको विशेष प्राथमिक्ता भनेको आफ्नै देश बनाउने र सुरक्षित गर्ने (Make America Great Agen) भन्ने छ। साथै शान्ति कायम राख्ने, अन्य मूलुकहरुमा शैन्य हस्तक्षेपका लागि खर्च नगर्ने निर्णय ट्रम्पको देखिन्छ। त्यसैको परिणामस्वरूप (USID) ले योजनामा कटौती गरेको पत्र पठाएको हुनुपर्छ। नेपालमा पार्टिका नेता, सरकारले गर्ने गरेको नितिगत भ्रष्टाचारले बिदेशीहरु पनि आजित भएका रहेछन् भन्ने ज्वलन्त उदाहरण हो यो। यदि यस्तै अबस्था रहिरहने हो, भने अब सम्पत्ति शुद्धीकरण (Gray List) विदेशबाटै सुरुवात नहोला भन्न सकिन्न।”

नेपालको राजनिति आजसम्म कहिले नभएको ईतिहासमै कलंकित बन्न पुगेको छ। जुन देशका नेता राज्य आतंक मच्चाउदै जनतामारा, देश लुटुवा छन्। त्यो देश कसरी समृद्ध हुन सक्छ। १०/२० जना नेताहरुले गर्दा राम्रा नेताहरु पनि एउटै घानमा मुछिने डर ती नेताहरुलाई छ। पन्चायतकालमा पनि बोल्न पाइन्थ्यो ! तर आज लोकतन्त्रमा भ्रष्टाचारको बिरुद्धमा बोल्न पाइदैन, साइवर कानून, सिआइबि लगाइन्छ। भ्रष्टाचारले नगांजेको कुनै ठांउ छैन। तर त्यसबिरुद्ध आएका सुझाव, लेख, रचनाहरुमा लाइक, कमेन्ट नगर्न कार्यकर्ताहरुलाई चेतावनी दिंदै कांग्रेसले बिज्ञप्ती जारि गरेको छ। यदि कसैले पार्टिबिरुद्व लखेको लेखलाई समर्थन जनाएमा कार्वाही गर्न सक्ने भनिएको छ।‌ के यहि हो लोकतन्त्र ? यसैका लागि लडेका थियौ हामीले ? ०६२/६३ को आन्दोलन अहिलेको नेतृत्वले गरेको थिएन। जस्लाई हामि प्रतिगमन भन्छौ, त्यसैको मेजमानी सरकारमा थियो।

विश्व भू-राजनितिमा आएको बदलाव र अमेरिकामा डोनाल ट्रम्पको उपस्थिति पछि परिवर्तनको मोडल नेपालमा पनि देखिन थाल्यो। “नेपालमा संन्चालित सबै परियोजना स्थगित गर्न USID ले धेरै देशहरूमा पत्र पठाएको र नेपलमा पनि ” यदि यो सत्य हो भने MCC पनि रोकिने अबस्था नआउला भन्न सकिन्न। अहिलेसम्म MCC मा लगानी नेपालको मात्र दुई अर्व भन्दा बढी खर्च भैसकेको छ। अमेरिकाले एक पैसा दिएको छैन। डोनाल्ड ट्रम्पको अहिलेको विशेष प्राथमिक्ता भनेको आफ्नै देश बनाउने र सुरक्षित गर्ने (Make America Great Agen) भन्ने छ। साथै शान्ति कायम राख्ने, अन्य मूलुकहरुमा शैन्य हस्तक्षेपका लागि खर्च नगर्ने निर्णय ट्रम्पको देखिन्छ। त्यसैको परिणामस्वरूप (USID) ले योजनामा कटौती गरेको पत्र पठाएको हुनुपर्छ। नेपालमा पार्टिका नेता, सरकारले गर्ने गरेको नितिगत भ्रष्टाचारले बिदेशीहरु पनि आजित भएका रहेछन् भन्ने ज्वलन्त उदाहरण हो यो। यदि यस्तै अबस्था रहिरहने हो, भने अब सम्पत्ति शुद्धीकरण (Gray List) विदेशबाटै सुरुवात नहोला भन्न सकिन्न।

नितिगत भ्रष्टाचारलाई लुकाउनको लागि नै संसद छलेर अध्यादेबाट देश चलाउने नियत सरकारले लिएको हो। अध्यादेशबाट देश चलाउनु भनेको निरंकुशताको प्रमाण हो। अध्यादेश त्यस्तो अबस्थाको लागि संबिधानले ब्यबस्था गरेको हुन्छ। संसद बोलाउने अबस्था नरहेको, तर देशमा ठुलठुला घटना घट्यो, जस्तो यूद्ध, दैबि प्रकोप, भूकम्प, देशमाथि बाह्य आक्रमण हुने सम्भावना भयको अबस्थामा अध्यादेशको आबस्यकता पर्छ। त्यो स्वाभाबिक हो। त्यस्तो अबस्था त केही छैन। केवल सरकारले गरेका नकारात्मक काम बिरुद्ध सांसद्हरुले आवाज उठाउछन्। त्यसको सामना गर्ने हिम्मत सरकारसंग नभएर ?

सामाजिक संजाल रोक्नको लागि पनि अध्यादेश ल्याउने तयारिमा सरकार छ। जिवनभर सार्वभौम अधिकारको लागि र वाक स्वतन्त्रताको लागि लडेको कांग्रेस, त्यसैको गठबन्धन सरकार र राष्ट्पतिले अध्यादेशलाई बिषेश प्राथमिक्ता दिनु भनेको भ्रष्टाचारी, आफन्त बचाउने षडयन्त्र नभए यो के हुनसक्छ ? बिगतमा १८ बर्षसम्म स्थानिय निर्वाचन नहूदां स्थानिय निकाय कर्मचारी संयन्त्रबाट चलाइएको थियो। जस्को फलस्वरूप टोलटोलमा डन गुन्डाहरु जन्मिए। आज तिनै डनहरु नेता भएर, नेताका प्रियपात्र भए। जस्ले राजनितिको संस्कार नै समाप्त भयो।

“पार्टिले राम्रो काम गरेको भए त कसैले पार्टिबिरुद्वमा बोल्ने हिम्मत गर्थ्यो होला ? आफ्नै कार्यकर्तासंग लिएको ऋण एक दशकसम्म फिर्ता नगर्ने, त्यसबिरुद्ध आवाज उठ छ की उठ्दैन ? मर्का पर्नेले सधै सहिदिनुपर्ने यो कहाँको नियम हो ? बिक्रिती र बिसंगतिबिरुद्ध आवाज उठाउनेहरुप्रति अंकुश लगाउने त्यो नैतिकता छैन। यस्ता बिषयहरुमा नेपाली कांग्रेसका बरिष्ठ नेता, दोश्रो, तेश्रो पुस्ताका जो आफुलाई प्रधानमन्त्रीको ख्वाब देखेका छन्। आफु प्रधानमन्त्री भए केपि ओलिले भन्दा राम्रो काम गर्न सक्ने दाबी गर्दछन्। कुनै योजना प्रस्तुत छैन। उस्को भन्दा राम्रो गर्छु भन्ने पनि कुनै योग्यता हो ? त्यसैले नेताहरुले आफ्ना साथिभाईलाई परेको अन्यायका बिरुद्ध बोलुन्।”

दुई दिनदेखि बसेको कांग्रेस संसदिय बैठकमा सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई निर्देशन दिएका छन्। सांसदहरुसंग सल्लाह गरेर मात्र काम गर्न। साथै केही नेता सांसदहरुलाई पार्टि र सरकारको बिरुद्दमा बोल्दै नहिडन चेतावनी पनि दिएका छन्। यसो भन्न अली चाडो भएन र, सभापतिज्यू ? रोग गहिरीसकेपछिको औषधिको के अर्थ ? पार्टिले राम्रो काम गरेको भए त कसैले पार्टिबिरुद्वमा बोल्ने हिम्मत गर्थ्यो होला ? आफ्नै कार्यकर्तासंग लिएको ऋण एक दशकसम्म फिर्ता नगर्ने, त्यसबिरुद्ध आवाज उठ छ की उठ्दैन ? मर्का पर्नेले सधै सहिदिनुपर्ने यो कहाँको नियम हो ? बिक्रिती र बिसंगतिबिरुद्ध आवाज उठाउनेहरुप्रति अंकुश लगाउने त्यो नैतिकता छैन। यस्ता बिषयहरुमा नेपाली कांग्रेसका बरिष्ठ नेता, दोश्रो, तेश्रो पुस्ताका जो आफुलाई प्रधानमन्त्रीको ख्वाब देखेका छन्। आफु प्रधानमन्त्री भए केपि ओलिले भन्दा राम्रो काम गर्न सक्ने दाबी गर्दछन्। कुनै योजना प्रस्तुत छैन। उस्को भन्दा राम्रो गर्छु भन्ने पनि कुनै योग्यता हो ? त्यसैले नेताहरुले आफ्ना साथिभाईलाई परेको अन्यायका बिरुद्ध बोलुन्। जस्लाई भोलिका दिनमा पनि राजनिति सुधार्नु छ ! ब्यबस्था परिवर्तनका लागि उत्रीसकेका जनतालाई सरकार परिबर्तनले कुनै महत्त्व राख्दैन काले होस् या गोरे ! अनैतिक किसिमबाट जनता लुट्न पल्किएका बैंकहरुको भागाभाग र नेताहरु कुटिने, थुनिने, क्रम सुरु भैसकेपछी सरकार अदलि बदलिको कुनै औचित्य छैन। बांकी श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...