आज : २०२६-०६-२६, शुक्रबार

सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

काठमाडौं, पुस १७ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ।

मंगलबार प्रतितोला १,००० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १,४०० रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको नयाँ मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँ कायम गरिएको छ। मंगलबार यो मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १,७६५ रुपैयाँमा कारोबार भइरहेको छ।