News Portal

एसईई २०८१ का लागि आवेदन खुला

परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन फारम खुला गरेको छ।

संगीता गुरुङ
२१७ पटक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८१ शैक्षिक सत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले २०८१ पौष १२ देखि माघ १२ भित्र फारम बुझाउन सक्ने जनाएको छ।

माध्यमिक तहको खुला, वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय, तथा प्राविधिक धारका विद्यार्थीहरूका लागि पनि यो सुविधा उपलब्ध छ। प्रति परीक्षार्थी परीक्षा दस्तुर रु ५०० तोकिएको छ।

विद्यार्थीहरूको आवेदन प्रक्रिया सहज बनाउन तथा परीक्षा केन्द्र निर्धारणका लागि प्रदेशस्तरीय शिक्षा विकास निर्देशनालय र समन्वय इकाईहरूलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...